• २०८१ बैशाख १४ शुक्रबार

उच्च शिक्षामा नेपाल खुला विश्वविद्यालयको भुमिका

kharibot

सुशील पौडेल

अहिले देशमा कोभिड १९ को महामारी सँगै अनलाइन, खुला तथा दुर शिकाइ शैक्षिक प्रणालिले व्यापक चर्चा पाएको देखिन्छ र अनलाइन प्रणालीवाट विभिन्न शैक्षिक संस्थाहरुले वैकल्पीक रुपमा पठनपाठन गराइरहेको अवस्था देख्न सकिन्छ । यसै महामारी सँगै नेपाल खुला विश्वविद्यालयको प्रचारप्रसार पनि तिव्र गतिमा भइरहको छ । 

नेपाल खुला विश्वविद्यालय परम्परागत उच्च शिक्षा प्रणालिमा समाहित भई उच्च शिक्षा अध्ययन गर्ने अवसरवाट वन्चीत समूहलाई उच्च शिक्षा अध्ययनको अवसर उनीहरुको पायक पर्ने स्थान, समय र सिकाइको गतिमा उपलब्ध गराउने, विभिन्न विधिमा ज्ञान, सिप र दक्षताले परिपक्व, दिगो विकासका लागि तयार सचेत तथा सहअस्तित्वको भावनायुक्त नागरिकहरुको उत्पादनमा आधुनिक सूचना प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रीत तथा अनुसन्धानमा आधारित शिक्षण सिकाइ विधिवाट अध्ययनको अवसर उपलब्ध गराउने, सफल जिवनका लागि सिपयुक्त नागरिक वन्न पनउने मौलिक हकको कार्यान्वयनमा जीवनपर्यन्त शिक्षाको विकास र विस्तार गरी राज्यलाई सहयोग गर्ने, (नेपाल खुला विश्वविद्यालय, कार्यक्रम परिचय) वृहत उद्देश्य लिएर नेपाल खुला विश्वविद्यालयको स्थापना भएको हो । 

वर्तमान नेपाल खुला विश्वविद्यालयको गतिलाई मापन गर्दा उच्च शिक्षाको विकासमा नेपाल खुला विश्वविद्यालयको महत्वपुर्ण भुमिका रहने देखिन्छ । बामे सर्दै गरेको ने.खु.वि. को देशमा कति प्रतिशत भुमिका रहेको छ भन्न ठ्याक्कै नसकिएतापनि यसको भविष्य निकै उज्जल रहेको अनुमान लगाउन गाह्रो छैन । 

अन्य विश्वविद्यालयमा भइरहेको असभ्य विद्यार्थी तथा शिक्षकको राजनितिको कारण ने.ख.ुवि. अवको पठनपाठनमा सक्रिय विद्यार्थीहरुको नजर यसमा पर्नेमा कुनै सङ्का छैन । 

वि.स २०७३ पछी नेखुविको प्रारम्भ भएको हो र नविनतम् प्रविधिको प्रयोग गरी नेपालका दुरदराजसम्म शिक्षाको ज्योति फैलाउने वृहत उद्देश्यसहित यस विश्विद्यालयको पारम्भ भएको हो । 

स्थापनको २, ३ वर्ष पुगेको अवस्थामा यस विश्वविद्यालयमा ३ संकाय संचालनमा रहेका छन जसमा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानून संकाय रहेको छन । जसमा हाल एम.फिल तहदेखी स्नातकोत्तर तह र स्नातक तहसम्म संचालनमा रहेका छन । 

पेशागत संलग्नता, आर्थिक विपन्नता, भौगोलिक विकटता , पारिवारीक संलग्नता तथा अन्य कारणले परम्परागत उच्च शिक्षा प्रणालिमा नसमेटिएका र अध्ययनलाई विचमै छाडी रोजगारका लागि विदेशिन बाध्य युवा युवती तथा शिक्षाको अवसरवाट बन्चीत वा शिक्षा आर्जनका नयाँ उपायको आवश्यकता बोकेका जनसमुदाय यस नेपाल खुला विश्वविद्यालयको लक्षित समूह हुन । यी समूहलाई आफ्नै अनुकुलको समय स्थान क्षमता र गतिमा प्राकृतिक रुपमा र प्रविधिको संयोजनमा स्वअध्ययन र स्वअभ्यासबाट सिक्ने परिवेशको सिर्जना यस नेपाल खुला विश्वविद्यालयले गरेको छ । 

मुलतः यसको सेवाग्राही समूह परम्परागत विश्वविद्यालयमा अवसर प्राप्त गर्न नसकेका र विशेषत सिमान्तकृत समूह हुन् र यी समूहलाई उच्चशिक्षा प्रदान गर्ने वसर विश्वविद्यालयले सिमित रुपमा भएतापनि प्रदान गरिरहेको छ । स्रोतसाधनको सिमितताका कारणले विश्वविद्यालयलृ ठुलो संख्यामा विद्यार्थीहरु अध्यापन गराउन सकेको छैन । सवैका लागि पहुँच दिन शैक्षिक कार्यक्रमहरुको विविधिकरणका अर्को मुख्य पाटो हो 

यसर्थ विश्वबिद्यालयले साधारण तथा प्राविधिक व्यवसायीक दुवै किसिमका शैक्षिक कार्यक्रमहरुको सुरुवात गरको छ र यसलाई अझ विस्तार गर्दै लैजाने रणनिति लिएको छ । नेखुविले कृर्षि, उद्योग, व्यापार एंव स्वास्थ्य लगाएत अन्य विषय क्षेत्र एंव सम्वन्धीत सिपयुक्त पेशागत र प्राविधिक कार्यक्रमहरु संचालन गरी जिवनपर्यन्त शिक्षको अवसर उपलब्ध गराउनुका साथै ज्ञानको अद्यावधिकता र पुर्नसिप प्रदान गर्ने कार्यक्रम तयार गरीरहेको छ । विश्वविद्यालयले ज्ञानको साझा र सहज उपभोगका लागि विस्तारै केहि कोर्षहरु सवैका लागि खुला गर्ने लक्ष्य राखेको छ । ज्ञान र सुचनाहरु विद्युतिकृत डिजीटलाइज गरि सहज ढंगले केन्द्रीयता मार्फत सहज असिमित र अविरल प्रवाहित हुने व्यवस्था मिलाउने प्रयासमा विश्वविद्यालय छ । विद्यार्थीहरुको सिकाइ सहयोगका लागि इ–पूस्तकालय, प्रत्येक विद्यार्थीका लागि सहयोगी ट्यूटर, विद्युतिय सिकाइ व्यवस्थापन प्रणाली, भिडियो कन्फरेन्सिङ, विद्यार्थी सिकाइ समूह लगायत सिकाइ व्यवस्थापन कार्य विश्वविद्यालयले गरिरहेको छ । यी कतिपय नेपालको सन्दर्भमा नयाँ अभ्यास पनि हो । 

वर्तमान अवस्था 

अहिले नेपाल खुला विश्वविद्यालयमा ३ संकाय रहेको पाइन्छ जसमा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानून संकाय रहेका छन ।

जसमा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत  Master in e-Governance, MPhil in ICT, Master in Geoinformatics, Master Degree in Natural Resources & Development, Master of  Science in Environmental &  Occuptaional Healthगरी हाल ५ कार्यक्रम संचालनमा रहेका छन भने थुप्रै आइ.टि. तथा स्वास्थ्य र विज्ञान सम्वन्धी  थुप्रै प्रस्तावित कार्यक्रमहरु यस संकायमा रहेको पाइन्छ, साथै आइटी तथा स्वास्थ्य कार्यक्रममा पिएचडी कोर्ष राख्ने समेत आगामी प्रस्तावित लक्ष्य रहेको छ । 

त्यस्तै सामाजिक शास्त्र तथा शिक्षा संकायमा MPhil in Education  tkm{ (EnglishEducation, Nepali Education, Education Studies, Mathematics Education & Health Education),  MPhil in Social Science tkm{ ( English, Sociology/Anthropology 2 year, Masters Degree in Media And Communication Studies , Distance And ELearning, One Year B.Ed., Diploma in Library & Information Management रहेका छन् । शिक्षा तथा सामाजिक शास्त्र मा धेरै प्रस्तावित कार्यक्रम रहेको छन् र यस संकायमा पनि छिट्टै पिएचडी गर्ने बृहत लक्ष्य राखि संकाय अगाडी वढिरहेको छ । 

त्यस्तै अर्को संकाय व्यवस्थापन तथा कानून संकाय अन्तर्गत MBA, BBS, BBA, MSDMG गरी ४ कार्यक्रम संचालन रहको पाइन्छ भने व्यवस्थापनमा एमफिल÷पिएच.डी तथा कानूनमा स्नातकोत्तर छिट्टै खोल्ने लक्ष्य राखिएको छ । 

स्थापनाको छोटो समयमा पदाधिकारी, नगन्य कर्मचारी तथा शिक्षक रहेको अवस्थामा विश्वविद्यालयको यो प्रगति तथा गति, विद्यार्थीको चाप हेर्दा विश्वविद्यालय अवको आगामी दिनमा राष्ट्रको भरपर्दो वलियो वैकल्पिक शैक्षिक थलो हुनेमा कुनै दूइमत नहोला । 

अव नेपाल खुला विश्वविद्यालयलाई कसरी झन् राम्रो गर्ने गराउने ।

नेपाल खुला विश्वविद्यालयको अपार राम्रो भविष्य रहको छ अन्य विश्वविद्यालयको तुलनामा यसलाई अझ परिकृत तथा भरपर्दो वैकल्पीक शैक्षिक संस्थाको रुपमा अगाडी वढाउनुपर्ने अवस्था रहेको छ । 

नेपाल खुला विश्वविद्यालयको वर्तमान समयमा आफ्नै भवन छैन । आगामी दिनमा आफ्नै भवन तथा विद्यार्थी सम्र्पक कक्षा संचालनको लागि ठुला ठुला ओडिटेरियम हल, अनुसन्धान प्रयोगशाला हल सहितको भवन, आफ्नै डाटा सेन्टर हुनुपर्ने आवश्यकता देखिन्छ यसको लागि सम्वन्धीत सरोकारवाला पक्षले ध्यान दिनुपर्दछ । 

विश्वविद्यालयमा पुर्णकालिन नैतिकवान तथा क्षमतावान शिक्षक तथा कर्मचारीको व्यवस्था तथा पठपाठन शुल्क न्युन गराइ वढीभन्दा वढी विद्यार्थीहरु समेट्नु आजको मुख्य आवश्यकता वनेको छ ।

विश्वविद्यालयमा नविनतम् शैक्षिक सामाग्रीको प्रयोग गरी शैक्षिक गुणस्तर कायम राख्दै वजारमा खपत हुने विद्यार्थी निमार्ण गरी राष्ट्रनिमार्णमा टेवा पुर्याउनु पर्दछ । नेपालका धेरैजसो विश्वविद्यालयमा राजनैतिक पक्षले जरो गाडेको अवस्था रहेको छ । यस नेखुविमा विद्यार्थी, शिक्षक तथा कर्मचारी राजनिति गर्ने गराउने तर्फ समयमै सचेत भइ राजनितिकरण गर्नु हुदैन वा राजैनैतिक प्रभाव निरुत्साहित गर्नेतर्फ बेलैमा ध्यान केन्द्रीत गराउदै अगाडी बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

यस विश्वविद्यालय आफैमा एक नविनतम् पठनपाठनको तौडतरिका अपनाइ पठनपाठन गराउने विश्वविद्यालय भएको कारण यसै सँग सम्वन्धीत पदाधिकारी, शिक्षक तथा कर्मचारी नियुक्त गर्नुपर्दछ । विश्वविद्यालयमा पदाधिकारी छनोट प्रक्रिया अगाडी वढाउदा छनौट गर्ने विधि प्रकृया तय गर्नुपर्दछ , कर्मचारी शिक्षक छनौट गर्दा पारदर्शि तथा भरपर्दो विश्वसनिय रुपमा खोलिनुपर्दछ, कक्षाभारको आधारमा शिक्षक संख्या तथा कर्मचारी तय गर्नुपर्दछ । 

पठनपाठन उपकरण ल्यापटप लगायतका प्रविधिको व्यवस्था गरिनुपर्दछ, अनुगमनलाई कडाइ गर्दै सुरुमै जानुपर्ने हुन्छ, काम नगर्ने तथा नपढाउने शिक्षक तथा कर्मचारीलाई तुरुन्तै कारवाही गरिनुपर्दछ, पिएचडी नगरेका व्यक्तिलाई प्राध्यापकमा नियुक्ती गरिनुहुदैन ।

नेपाल जव पुर्णरुपमा डीजिटल प्रविधि युक्त हुदै जान्छ तवतव नेपाल खुला विश्वविद्यालयको भुमिका झन् झन् प्रभावकारी पनि वन्दै जानेछ । 

नेपाल खुला विश्वविद्यालय ऐनको प्रस्तावनामा उल्लेखित भावना र खुला विश्वविद्यालयका आदर्श तथा मान्यताहरुका सन्दर्भमा नेखुवि ऐनको प्रस्तावनामा उल्लेखीत भावना र विश्वविद्यालयको आर्दश तथा मान्यतालाई ध्यान राखी बजारमा आवश्यक विज्ञ तथा दक्ष जनशक्ति उत्पादन गर्न साथै टिकाउ तथा भरपर्दा कार्यक्रम मात्र सन्चालन गर्नुपर्ने देखिन्छ र अन्य कार्यक्रमको हकमा विश्वविद्यालयले लगानी गरी त्यस्ता कार्यक्रमलाई टिकाइ राख्न अन्य स्रोतसाधन परिचालन गर्नु पर्ने आवश्यक देखिन्छ । 

नेपाल खुला विश्वविद्यालय ऐनको प्रस्तावनामा उल्लेखित उच्च शिक्षामा सर्वसाधारण जनताको सहज पहूँचको अवसर उपलब्ध गराउन नेपाल सरकार र विश्वविद्यालयले समुधुर सम्वन्ध तथा नेपाल सरकार, नेखुवि ऐनमा लेखिएवमोजिम सरकारका साधन स्रोतहरुलाई उपयोग गर्दै सरकारी सहयोग तथा समाजलाई सहयोग पुग्ने दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न कार्यक्रम प्रति MOU गर्दै सहकार्य अगाडी वढाउनुपर्ने आवश्यक देखिन्छ ।.

नेपाल खुला विश्वविद्यालयले सरकारी अनुदानमा आधारित सहूलियत शुल्किय कार्यक्रम मात्र संचालन गर्ने कि  कार्यक्रमको दिगोपनालाइ समेत ख्याल गरेर लागत आपूरण एवं साझेदारीका कार्यक्रमहरु एवं व्यवसायिक तथा उच्च शुल्कीय कार्यक्रम संचालन गर्दा दिगोपनालाई ध्यान दिनु पर्छ जसले गर्दा पठनपाठनको विचमै Dropout हुने प्रवितिलाई निरुत्साहीत गर्न आवश्यक भएका ठाउँहरुमा प्रदेश स्तरिय अध्ययन केन्द्र स्थापना गरी  Student Support कार्यक्रमलाई प्रभावकारीताका साथ कार्य गर्नु पर्ने देखिन्छ । 

नेपाल खुला विश्वविद्यालयले अबलम्बन गरेको विद्यार्थी सहयोग प्रणालीको सुनिश्चितता एवं शिक्षण सिकाई प्रक्रियाको व्यवस्थित ढाँचा कसरी सुनिश्चित गर्ने र स्रोत सामग्री व्यवस्थापन र वितरण प्रणाली  मिलाउन यस कार्य सँग सम्वन्धीत शिक्षक, कर्मचारी तथा IT Staff हरुलाई दक्ष बनाउन नियमित रुपमा उच्च स्तरिय तालिम तथा गोष्ठीह, सेमेनार अभिमुखिकरण, कार्यशाला गोष्ठीहरुमा सक्रिय सहभागीता गराउदै उनिहरुको दक्षतालाई अभिवृद्धि गर्न अपरिहार्य देखिन्छ । 

हाल अवलम्बन गरिएको कार्यक्रम संचालन, सेवा प्रवाह विधि , शिक्षक विद्यार्थी सहयोग प्रणाली र शिक्षण सिकाई प्रक्रियाको ढाँचामा  समयानुकुल सुधार गर्दै लैजानुपर्ने देखिन्छ । साथै लामो अनुभव प्राप्त अन्तराष्ट्रिय खुला विश्वविद्यालयहरुसँग सहकार्य, अन्तरकृयात्मक, प्रत्यक्ष अवलोकन विधि लगायत कार्यबाट आवश्यक सुझाव ग्रहण गर्न तथा सहकार्य गरी कार्य गर्नु पर्ने देखिन्छ । विद्यार्थी तथा शिक्षक विच आवश्यक पठनपाठनको लागि शैक्षिक उपकरण उपलब्धतालाई सहज गर्नुपर्ने देखिन्छ र ई–लाइव्रेरीलाई थप शैक्षिक सामाग्री उपलब्ध गराइ विद्यार्थीहरु माझ सहज रुपमा पुर्याउन नेखुविले द्रुत गतिमा कार्य गर्नुपर्ने देखिन्छ ।

नेपाल सरकारले नेपाल खुला विश्वविद्यालयलाई  प्रयाप्त बजेट विनियोजन नगर्दा विद्यार्थीहरुले तिर्नुपर्ने शुल्क महँगो हुन पुगेको भन्ने व्यापक जनगुनासोलाई मध्यनजर राख्दै सरकारसँग परिणाममुखी छलफल गर्नुपर्ने देखिन्छ यसको लागि सरोकारवाला निकायले सम्वन्धीत निकायसँग तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दाताहरुसँग, आवश्यक पहल कदमी चाल्नुपर्ने आवश्यक छ । शैक्षिक गुणस्तरलाई ध्यानमा राखी  समयानुकुल शैक्षिक शुल्कमा हेरफेर आवश्यक रहेको छ ।

नेपाल सरकारले सीमित स्रोत विनियोजन गरेको अवस्थामा विश्वविद्यालयले मानव जनशक्ति व्यवस्थापनमा स्थायीत्वका लागि लागि व्यवसायिक तथा उच्च शुल्किय कार्यक्रम, मध्यम शुल्किय र सहूलियत शुल्किय कार्यक्रमहरुलाई निश्चित विद्यार्थी संख्या तोकि उक्त कार्यक्रममा (Strtegic Plan) रणनितिक कार्य योजना –जस्तै Masters Degree का लागि चारै सन्त्रान्तको लागत खर्च र विद्यार्थी शुल्क र University ले दिने अनुदान को विस्तृत अध्ययनका आधारमा शुल्क निर्धारण गर्दै उक्त मानवशक्ति व्यवस्थापन गर्न स्थायित्वको हुनुपर्ने देखिन्छ । 

कार्यक्रमको दिगोपना र लागत असुली एवं साझेदारी तथा व्यवसायिक कार्यक्रमका सन्दर्भमा विश्वविद्यालयले नयाँ थप कार्यक्रम संचालन गर्दा के के आधार र प्रक्रिया अवलम्बन गर्दा विश्वविद्यालयको गरिमा तथा Academic Integrity Ascuarane लाई ध्यान दिनु पर्ने हुन्छ । विश्वविद्यालयले एक भिन्न कार्यविधि बनाई साझेदारी तथा व्यवसायीक कार्यक्रम संचालन गर्नुपर्छ । 

विश्वविद्यालयलाई नेपाल सरकारले तय गरेको संघिय ढाँचामा प्रादेशिक अध्ययन केन्द्रमा विस्तार गर्दै विद्यार्थी भर्ना दर बढाउनुपर्ने आवश्यकता रहको छ र विश्वविद्यालयमा प्रयोगात्मक शिप दक्षता अभिवृद्धि गर्ने खालका कार्यक्रहरु संचालन गर्नुपर्दछ । माथीका यावत समस्याहरुले अन्य विश्वविद्यालयको तुलनामा नेखुविलाई अझ परिकृत तथा भरपर्दो वैकल्पीक शैक्षिक संस्थाको रुपमा अगाडी वढाउनुपर्ने अवस्था रहेको छ । नेखुविमा नैतिकवान तथा क्षमतावान शिक्षक तथा कर्मचारीको व्यवस्था तथा पठपाठन शुल्क न्युन गराइ वढीभन्दा वढी विद्यार्थीहरु समेट्नु आजको मुख्य आवश्यकता वनेको छ ।  कक्षाभारको आधारमा शिक्षक संख्या तथा पठनपाठन उपकरण ल्यापटप लगायतका प्रविधिको व्यवस्था गरिनुपर्दछ, अनुगमनलाई कडाइ गर्दै सुरुमै जानुपर्ने हुन्छ, ।

विद्यार्थीहरुलाई शोधकार्य सम्पन्न गराउदा नेपालको वर्तमान समस्यालाई समाधान गर्ने खालको विषय शिर्षक दिइ कार्य गराउनुपर्दछ जसले राष्ट्रको वर्तमान आवश्यकता समाधान गर्न सकोस यसको लागि नेपाल सरकार र नेपाल खुला विश्वविद्यालय विच समन्वय गर्नु आवश्यक रहेको छ ।

प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने भएको हुदाँ विश्वविद्यालयसँग वलीयो डाटा सेन्टर हुनु आवश्यक छ भने नविनतम् पठनपाठन सामाग्रीको उपलब्धता सहज हुनु पर्ने देखिन्छ । र उच्च स्तरिय स्पीड भएको डाटा प्याकेज हुन आवश्यक छ यसको लागि नेपाल टेलिकम तथा नेपाल सरकार सँग सहकार्य गर्नुपर्ने आवश्यकता रहन्छ । भने नेपाल खुला विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुसँग पनि उच्च गुणस्तरिय डाटा हुनुपर्ने अवस्था छ यसको लागि सरोकारवाला सँग छलफल तथा परामर्श गरी निष्कर्षमा पुग्न जोड दिनुपर्दछ । विद्यार्थी सूचना व्यवस्थापन प्रणालीलाई चुस्त दुरुस्त राख्न उच्च गुणस्तरिय सम्वन्धीत विषयमा जानकार विज्ञहरुलाई नियुक्ती गरी चुस्त दुरुस्त राख्नुपर्दछ ।

शैक्षिक गुणस्तर कायम राख्दै वर्तमान देशको आवश्यकता सँग मेल खाने जनशक्ति उत्पादन गरी राष्ट्रनिमार्णमा टेवा पुर्याउन सकेको खण्डमा नेपाल खुला विश्वविद्यालयको उज्वल भविष्य सुनिश्चीत हुन्छ भन्नुमा दुइमत नहोला । यस विश्वविद्यालयमा प्रविधिमैत्रि पदाधिकारी नियुक्ती गर्ने परिपाटीको सुरुवात हुनुपर्ने आवश्यकता रहेको छ र नेपाल जव पुर्णरुपमा डीजिटल प्रविधि युक्त हुदै जान्छ तवतव यस नेखुविको भुमिका भविष्य झन् झन् राम्रो तथा प्रभावकारी पनि वन्दै जानेमा कुनै दुइमत नहोला । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै