• २०८१ असार १७ सोमबार

महाराजगञ्ज नगरपालिकाको बजेट एक अर्ब सात करोड

kharibot

प्रतिनिधी तस्वीर

कपिलवस्तु । महाराजगञ्ज नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि आज रु एक अर्ब सात करोड बजेट विनियोजन गरेको छ ।

सातौँ नगरसभाले पूँजीगततर्फ रु ५४ करोड ७६ लाख ६३ हजार तथा चालुतर्फ रु ११ करोड विनियोजन गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए ।

नगरपालिकाको सशर्त अनुदानतर्फ रु २७ करोड १९ लाख र सामाजिक सुरक्षातर्फ रु १५ करोड नगरसभाले विनियोजन गरेको छ । नगरपालिकाले ११ वटै वडालाई रु ७५ लाखको दरले रकम विनियोजन गरेको नगर उपप्रमुख शुभावती कुर्मीले जनाइन् ।

नगरका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवालगायत क्षेत्रमा प्राथमिकता दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै