काठमाडौँ । कोरोना महामारीका बिच दक्षिण अमेरिकी देश चिलीका स्वास्थ्यमन्त्रीले राजीनामा गरेका छन् ।
तिब्र गतिमा दक्षिण अमेरिकी देशहरुमा संक्रमण बढ्दै गएपछि कोरोनाको रोकथामका प्रयासका बीच चिलीमा स्वास्थ्यमन्त्री खाएमे मान्यालिचले राजीनामा गरेका हुन् ।
चिलीका विपक्षी दलको लगातारको स्वास्थ्यमन्त्री बदल्ने मागपछि उनले राजीनामा दिएका हुन् ।
राष्ट्रपति सबेष्टियन पिनयेराले नयाँ स्वास्थ्यमन्त्रीमा एनरिक पेरिलाई नियुक्त गरेका छन् ।
नयाँ स्वास्थ्यमन्त्री पेरीले महामारी रोक्न असन्तुष्ट विपक्षी दलहरुको सल्लाह लिएर काम गर्ने बताएका छन् ।
चिलीमा अहिलेसम्म एक लकः ६७ हजार ३५५ जना संक्रमित भएका छन् भने ३ हजार १०१ जनाले ज्यान गुमाएका छन् ।