• २०८१ बैशाख २० बिहीबार

राष्ट्र बैंकद्धारा बचतपत्रको बिक्री अवधि थप

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्रको बिक्री अवधि थप गरेको छ । यसअवधि राष्ट्र बैंकले यही जेठ एक गते देखि जेठ २१ गतेसम्म चार अर्ब रुपैयाँ बराबरको बचतपत्रको बिक्री खुल्ला गरेकोमा लक डाउनका कारण तोकिएको बचतपत्र बिक्री नभएपछि राष्ट्र बैंकले बचतपत्रको बिक्री अवधि थप गरेर यही असार २१ गतेसम्म पु्र्याएको छ ।

राष्ट्र बैंकले जेठ १ गतेबाट पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८२ (पाँच वर्षे)को बिक्री कार्य सुरु गरेको थियो । बिक्री अवधि थप गरेपछि राष्ट्र बैकले बचतपत्रको निष्काशन मिती २०७७ असार २९ गते तोकेको छ भने सावाँ भुक्तानी मिती बिसं २०८२ असार २९ गते तोकेको राष्ट्र बैकले जानकारी दिएको छ । वार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी प्रत्येक छ-छ महिनामा रहेको छ । 

नेपाली नागरिकले मात्र खरिद गर्न सक्ने बचतपत्रको लागि खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा बढीमा कुुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सकिनेछ ।

खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन-दिन समेत सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै