काठमाडौँ । दुबईका ७० प्रतिशत ब्यापार आगामी ६ महिनाका लागि बन्द हुने एक सर्वेले देखाएको छ ।
दुबई च्याम्बर अफ कमर्शले गरेको सर्वेका अनुसार कोरोना भाइरसको महामारीका कारण दुबईका ७० प्रतिशत कम्पनि बन्द हुने देखिएको छ ।
विहिबार सांझा जारी गरिएको यो सर्वेका अनुसार दुबईका ९० प्रतिशत कम्पनिले सन २०२० को पहिलो क्वाटरमा टर्नओभरमा व्यापक गिरावट आएको बिबिसीले उल्लेख गरेको छ ।
दुबई च्याम्बर अफ कमर्शले कोरोनाको सबै भन्दा ठुलो असर साना र मझौला उधोगमा परेको देखिएको छ ।
पर्यटन , रियल स्टेट, होटल र रिटेलमा ७० प्रतिशतसम्म गिरावट आएको देखिएको छ । यस बर्षको दोस्रो क्वाटरको रिपोर्ट भयानक हुने चेतावनी च्याम्बर अफ कर्मशले दिएको छ ।
सर्वेमा सामेल भएका ४८ प्रतिशत कम्पनिले यो महामारीबाट निस्किने कुनै योजना नभएको बताएका छन् ।
उनीहरुले अधिकांश कम्पनिलाई बचाउन सरकारले विशेष सुबिधा दिनुपर्ने माग समेत गरेका छन् ।
युएईमा अहिलेसम्म २६ हजार भन्दा बढी संक्रमित भएका छन् भने २३७ जनाको मृत्यु भएको छ ।









