• २०८३ श्रावण ५ मंगलबार

सोनम वाङचुकलाई दिल्ली उच्च अदालतबाट राहत, चाहेको अस्पताल उपचार गर्न सक्ने

सोनम वाङचुकलाई दिल्ली उच्च अदालतबाट राहत, चाहेको अस्पताल उपचार गर्न सक्ने

काठमाडौँ । भारतको दिल्ली उच्च अदालतले शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई मेदान्ता अस्पतालमा भर्ना गर्न अनुमति दिएको छ । वाङचुककी पत्नी गीताञ्जली आङ्मोले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो ।

गीताञ्जली आङ्मोले सामाजिक सञ्जालमार्फत अदालतप्रति आभार व्यक्त गर्दै आफूहरूले रोजेको अस्पतालमा वाङचुकलाई उपचारका लागि भर्ना गर्न अनुमति दिएकोमा धन्यवाद दिएकी छन् । साथै उनले कानुनी टोलीको पनि प्रशंसा गरेकी छन् ।

यसअघि आइतबार आङ्मोले वाङचुकलाई अस्पताल सार्न अनुमति माग्दै निवेदन दर्ता गरेकी थिइन् । सार्वजनिक बिदाको दिन भए पनि अदालतले तत्काल सुनुवाइ गरे पनि त्यस दिन अन्तरिम आदेश भने जारी गरेको थिएन । अदालतले सरकारलाई तीन दिनभित्र अवस्थाबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

शैक्षिक प्रवेश परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा वाङचुक गत जुन २८ देखि नयाँ दिल्लीको जन्तर-मन्तरमा आमरण अनशनमा थिए । तर शनिबार बिहान प्रहरीले उनलाई प्रदर्शनस्थलबाट हटाएर सरकारी अस्पतालमा राखेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै