• २०८१ बैशाख ३१ सोमबार

वीरगंजस्थित मनोकामना पाईप उद्योगको गोदाममा आगलागी

kharibot

वीरगंज । वीरगंजस्थित मनोकामना पाईप उद्योगको गोदाममा सोमबार दिउसो आगलागी भएको छ ।

वीरगंज महानगरपालिका वडा नं.१३ तेजारथ टोलमा रहेको मनोकामना पाईप उद्योगको गोदाममा दिउसो करिब १ बजेको समयमा आगो लागेको हो ।

गोदाम रहेको करिब १० लाख बराबरको पाईप जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ । कुनै किसिमको मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घना बस्तीका बिचमा गोदाम रहेको हुनाले छेउमा रहेको २ वटा घरमा समेत आगो लागेको थियो । आगलागिको कारण भने अहिले खुलेको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तथा वीरगंज महानगरपालिकाको वारूणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै