• २०८१ बैशाख १७ सोमबार

अमेरिकामा अन्तिम संस्कार गर्न मुश्किल !

kharibot

काठमाडौँ । कोरोनाको कारण अमेरिकामा हरेक दिन मृत्यु हुनेको संख्या बढ्दै गएको छ । आफ्नो प्रिय मानिसलाई अन्तिम विदाई दिन नपाउदा जनतामा नजिकको व्यक्ति गुमाउनुको पिडा झान् ठुलो बनेको छ ।

वैज्ञानिक मोडलको आधारमा विशेषज्ञहरुले अमेरिकामा भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख देखि साढे दुई लाख सम्म हुनसक्ने अनुमान लगाइरहेका छन् ।

संक्रमण फैलिन रोक्नका लगि अमेरिकामा ठुलो संख्यामा एक ठाउँमा जम्मा हुन रोक लगाइएको छ ।

यस कारण अन्तिम संस्कारको ठुलो योजनाहरु बन्द गरेका छन् र मृत्यु हुने मानिसको सम्झनामा हुने कार्यक्रमको स्थानमा गएका छैनन् ।

मेमोरियल सेवाको माध्यमबाट विदाई गर्नेको संख्या कम भएको छ , मानिसहरु अवस्था सामान्य भएपछि आफुले गुमाएका व्यक्तिलाई सम्झिने बताउछन् ।

अमेरिकामा रोग रोकथामको सरकारी संस्था, सेन्टर फर डिजिज कन्ट्रोलको निदेर्शन अनुसार, “यदि कुनै व्यक्तिको कोरोनाको कारण मृत्यु भएमा त्यस व्यक्तिको शरीरलाई छुनुहुँदैन, जस्तै हात छुनु र शवलाई अन्तिम संस्कारको लागि तयार गर्ने रहेको छ साथै अन्तिम संस्कारको लागि शवलाई चुम्बन गर्ने तथा अंकमाल गर्ने काम गर्न हुँदैन ।”

अमेरिकामा रहेका मुस्लिम समुदायका मानिस पहिला मृतकको परिवारको साथमा चिहानमा जाने गर्दथे र शवलाई जमिनमा गाडेर पालै पालो माटो हाल्ने गर्दथे तर अहिले त्यस परम्परालाई बन्द गरिएको छ ।

सबै मस्जिद बन्द छ र एक ठाउँमा भेला हुन पनि रोक लगाइएको छ साथै व्यवहारिक रुपमा एकअर्काबाट छ फिटको दुरीमा रहन निर्देशन दिईएको छ ।

शवलाई जमिनमा गाड्नुभन्दा पहिला नुहाउनु पर्ने चलन पनि बन्द भएको छ ।

सीडीसी निर्देशनको अनुसार, “अन्तिम संस्कार भन्दा पहिला शवलाई नुहाउने वा कफन ओढाउनु एक महत्वपुर्ण धार्मिक परम्परा हो । त्यसैले यसको पालना गर्न आफ्नो समुदाय वा सांकृतिक र धार्मिक नेतालाई अन्तिम संस्कार गराउने संस्था संग मिलेर शवको सम्पर्क कम गर्न पहल गर्नुपर्छ ।”

सबै धार्मिक संस्कारको पालना गर्न अहिले शवलाई राम्रो संग नुहाउनुको सट्टामा पानीले छोएर प्रतीकात्मक रुपमा नुहाउने गरिन्छ  भने शवलाई तुरुन्त माटोमा गाड्ने गरिएको छ । मृतकको आफन्तलाई नमाज-ए-जानाजा घरमा गएर पढ्न सल्लाह दिइएको छ ।

अमेरिकामा अन्तिम संस्कारको पुरै प्रक्रियामा ठुलो कारोबार हुन्छ । पछिल्लो वर्ष करिब १७ अरब डलरको कारोबार भएको थियो ।

अमेरिकामा २१ हजार भन्दा धेरै शमशान गृह वा फ्युनरल होम रहेका छन् र अहिले त्यहाँ अन्तिम संसार दर्ता गर्नेको संख्यामा बाढी नै आएको जस्तो छ ।

न्युयोर्क कोरोना भाइरसको केन्द्रविन्दु नै बनेको छ र प्रतिवेदनको अनुसार सबै फ्युनरल होम दिनरात काम गरिरहेका छन् । अस्पतालले शव सुरक्षित राख्नको लागि रेफ्रिजरेशन ट्रक प्रयोग गरिरहेको छ ।

अमेरिकामा अन्तिम संस्कारको प्रक्रिया दुई चरणमा पुरा हुन्छ, पहिलो, अन्तिम संस्कार भन्दा पहिला मेमोरियल सर्भिस हुन्छ, जसमा मृतकका इष्ट मित्र एक ठाउँमा भेला भएर सम्झना गर्छन् र श्रद्धाञ्जली दिन्छन् त्यसपछी शवलाई माटोमा गाड्छन् ।

विशेषज्ञको अनुसार अमेरिकामा एक व्यक्तिको अन्तिम संस्कार गर्ने कार्यमा करिब एक हजारदेखि सात हजार डलरसम्मको खर्च हुन्छ ।

यो कस्तो कफनमा राख्ने देखि, खाल्डो खन्ने तथा कति जग्गामा गाड्नेमा आधारित हुन्छ ।

सन् २०१९ को तथ्यांकको अनुसार अमेरिकामा करिब ५५ प्रतिशत मानिस शवलाई जलाउछन् भने ३९ प्रतिशत मानिस जमिनमा गाड्ने गर्दछन् ।

शवलाई जमिनमा गाडेपछीको खर्च र यसले पर्यावरणमा हुने हानीको चिन्ता र पारम्परिक धार्मिक कमजोरीको कारण अहिले अमेरिकामा मानिसहरु शवलाई गाड्नु भन्दा पनि जलाउने अनुमति दिने गर्दछन् ।

कोरोना महामारी फैलिएपछि शवलाई जमिनमा गाड्ने होस् वा जलाउने होस्, दुवै प्रक्रियामा समस्या भएको छ ।

कोरोनाबाट प्रभावित प्रमुख अमेरिकी राज्य मध्य एक, वाशिंगटनको फ्युनरल डायरेक्टर्स एसोसिएशनका कार्यकारी निदेशक रब गफ भन्छन्, “ शमशान घरमा अन्तिम संस्कार पछि शवको अवशेष सवारी साधनको माध्यमबाट सिधै चिहानमा पठाउछ जहाँ पहिला देखि नै तयार राखिएको चिहानमा तुरुन्त गाडिन्छ र त्यहाँ उनीहरुको अन्तिम क्रिया हुन्छ  ।”

रब गफ भन्छन्, “ चिहानको कर्मचारी बाहेक अन्य कोहि त्यस समयमा उपस्थित हुँदैनन् , परिवारको सदस्य वा आफन्त पछि त्यस चिहानमा आउन सक्छन् तर उनीहरुलाई ठुलो संख्यामा जान अनुमति छैन साथै कुनै अन्तिम सभा हुँदैन र अन्तिम संस्कारको समयमा कुनै परम्परा पुरा गरिदैन ।”

यसको सट्टामा कोरोनाको कारण नभएर अरु नै कारणले मृत्यु भएको केसमा कतिपय मानिसहरु आफ्नो प्रिय व्यक्तिको शवलाई रेफ्रिजरेशनमा राख्ने विकल्प रोजेका छन् । उनीहरु अवस्था सामन्य भएपछि राम्रो संग अमेरिकी परम्परा अनुसार विदाई गर्न चाहन्छन्  ।

फ्युनरल होम डे स्प्रिंग ऐन्ड फिचका अध्यक्ष भिक्टर फिच भन्छन्, “आफन्तको इच्छा अनुसार मृत शरीरलाई चिसो वातावरणमा राख्नुपर्छ र त्यसमा रसायनको लेप गरिन्छ जसको मतलब शवलाई सड्न नदिन रगत तथा अन्य पदार्थ निकालेर त्यसमा केमिकल राखिन्छ ।” 

यसरी अन्तिम संसारको खर्च तीन सय देखि एक हजार डलर सम्म बढ्छ ।

कामदारको सुरक्षा र जरुरी साधनको कमी

अमेरिकामा कोरोना भाइरसको बढ्दो प्रकोपको कारण अन्तिम संस्कारको समयमा मतलब शवलाई सफा गर्ने, नुहाइदिने र शमशान घरको कर्मचारीको सुरक्षा ठुलो चुनौती बनेको छ ।

शवलाई नुहाउने समयमा पानिको प्रवाह नियन्त्रित हुनुपर्छ किनभने शरीरबाट निस्किने रगत तथा अन्य  पदार्थको मध्यमबाट संक्रमण हुन सक्ने खतरा हुन्छ त्यसैले भिन्न-भिन्न रुमाल तथा अन्य सामनको प्रयोग गर्नुपर्छ ।

यी सबैलाई छुट्टै स्यानीटाइज गर्नुपर्छ साथै त्यस क्रममा प्रयोग भएका समानलाई अन्य काममा प्रयोग गर्नु हुंदैन ।

अस्पतालले मृत्युको कारण नबताउने हुँदा सबै शवलाई कोरोना संक्रमित मानेर कर्मचारीले सबै मृतशरीरलाई सावधानी पुर्वक काम गर्न बाध्य छन् ।

अमेरिकामा डाक्टर वा अन्य स्वास्थ्यकर्मीको जस्तै शवदाह गृहका कर्मचारीको सुरक्षाको लागि जरूरी संसाधन जस्तै फेस मास्क, पन्जा,  गाउन उपलब्ध नभएको कारण निकै समस्या भोग्नु परेको कर्मचारी बताछन् ।

सबैभन्दा चुनौतीको चरण 

अन्तिम संस्कारको पुरै प्रक्रियामा सबै भन्दा गार्हो भाग भनेको मृतकको परिवार वा आफन्त के गर्ने वा के नगर्ने भनेर निर्देशन दिन्छन् ।

कतिपय समयमा यसको पालना गर्न सकिन्छ तर यो निकै अप्ठ्यारो हुन्छ त्यसैले मानिसहरुले यस अवस्थाको प्राविधिक उपाय निकालेका छन् अहिले अन्तिम संस्कार वेबकास्ट गरिन्छ वा अनलाइन प्रसारण गरिन्छ र त्यसको भिडियो क्लिप बनाएर आफन्त तथा बाँकी मानिसको मोबाइलमा शेयर हुन्छ ।

अब के हुन्छ ?

मृत्यु हुनेको संख्या बढ्दै गएको छ  त्यसैले चिन्ता पनि बढ्दो छ जसले मानसिको मानसिक स्थितिमा असर पर्छ ।

कोरोना भाइरसबाट संक्रमित भएकालाई क्वारेन्टाइनमा राखिन्छ र बिरामी भएको समयमा अन्य मानिसले रेखदेख गर्न वा भेट्न अनुमति छैन त्यसैले यदि मृत्यु भए आफ्नो प्रिय व्यक्ति संगै हुँदैन ।

नजिकको मानिसको साथ बिना नै अन्तिम संस्कार हुन्छ र मानिसहरु केही गर्न सक्दैनन् ।

अमेरिकामा चार लाखभन्दा धेरै मानिस कोरोना भाइरसले संक्रमित भएका छन् भने १४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

विश्वमा संक्रमित हुनेको संख्या १५ लाख अधिक पुगेको छ र ८८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

(बिबिसी र अन्य एजेन्सीको सहयोगमा)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै