• २०८१ बैशाख १५ शनिबार

अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ मै किन मनाइन्छ ?

kharibot

काठमाडौँ । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर नारी दिवस मनाउने गरिन्छ । तर नारी दिवस मार्च ८ मा नै किन मनाइन्छ त ? यसको शुरुवात कसरी भएको थियो ? यस रिपोर्टमा यस बारेमा स्पष्ट पार्दै छौं ।

खासमा अन्तर्राष्ट्रिय नारी दिवस एक मजदुर आन्दोलनको उपज हो । यसको विजारोपण सन् १९०८ मा भएको थियो । जब १५ हजार भन्दा बढी महिला न्युयोर्क शहरमा जुलुस निकाले आफ्ना काम गर्ने घण्टा कम गर्न माग गर्दै सडकमा ओर्लिएका थिए । उनीहरुले राम्रो पारिश्रमिक दिन र मतदानमा आफ्नो अधिकारको माग गरेका थिए ।

यस आन्दोलनको एक बर्षपछि अमेरिकाको सोशलिष्ट पार्टीले महिला दिवसको घोषणा गर्यो । अब यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवस बनाउने सिलसिलेवार घटनाहरु भएको पाइन्छ । सन् १९१० मा कोपनहेगनमा क्लारा जेटकिनले एक महिला अन्तर्राष्ट्रिय कन्फेरेन्सका क्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिएकी थिइन् । सो कन्फेरेन्समा १७ देशका सय महिला उपस्थित रहेका थिए । सबैले यो सुझावको समर्थन गरेका थिए । यसको महिलो बर्ष १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा महिला दिवस मनाइएको थियो ।

तर ८ मार्च नै किन रोजियो भन्ने प्रसंग अझ रोचक रहेको छ । क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कुनै मिति तोकेकी थिइनन् । सन् १९१७ मा आन्दोलनका क्रममा रुसमा महिलाहरुले 'ब्रेड एण्ड पिस' अर्थात खाना र शान्तिको माग गरेका थिए ।महिलाहरुको हड्तालले सम्राट निकोलसले पद नै छोड्नु परेको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो । त्यति बेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । उनीहरुले आन्दोलन शुरुगरेको दिन फेब्रुअरी २३ थियो भने ग्रेगेरियन क्यालेन्डर अनुसार सो दिन मार्च ८ थियो ।

यसरी सोहि दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो ।

तर संयुक्त राष्ट्रसंघले १९७५ मा मात्र आधिकारिक मान्यता दिएको थियो । त्यस बर्षदेखी अन्तर्राष्ट्रिय नारी दिवसलाई बार्षिक हिसाबले एक थीम दिएर मनाउन थालिएको हो । पहिलो महिला दिवसको थीम 'सेलिब्रेटिंग द पास्ट, प्लानिंग द फ्युचर' रहेको थियो ।

के पुरुष दिवस पनि छ त ?

अन्तराष्ट्रिय पुरुष दिवस हरेक बर्ष नोभेम्बर १९ मा मनाइदै आएको छ । सन् १९९० देखि पुरुष दिवस मनाउन लागिएको हो । विश्वका ६० भन्दा बढी देशमा पुरुष दिवस मनाउने गरिन्छ । तर यसलाई संयुक्त राष्ट्र संघले भने मान्यता दिएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै