• २०८१ बैशाख २६ बुधबार

प्रधानमन्त्री ओली अप्रेसन थियटरमा

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थियटरमा लगिएको छ । 

उनलाई मिर्गौला प्रत्यारोपण अघि गरिएका सबै स्वास्थ्य रिपोर्ट सामान्य आएको अस्पतालले जानकारी दिएको छ ।

प्रधानमन्त्री  ओलीको आज दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ । बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि विहान १० बजे अप्रेसन थियटरमा लगिएको हो ।

प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपणको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नेक्रम जारी छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै