• २०८१ बैशाख २४ सोमबार

सरस्वतीका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध

kharibot

काठमाडौँ । काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

हालै सम्पन्न शहीद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरीत कार्य गरेको भन्दै एन्फाले २ वर्षको प्रतिबन्ध लगाएको हो ।

एन्फाले ए डिभिजन लिग अन्तर्गत ५९औ खेलमा हिमालयन शेर्पाविरुद्धको खेलमा नियम विपरीत कार्य गरेको पाइएकोले अनुशासन समितिको सिफारिशमा प्रतिबन्ध लगाएको जनाएको छ ।

साथै उनलाई ५० हजार जरिमानासमेत लगाइएको छ ।

उनलाई आजकै मिति देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेल्न दुई बर्षकालागि प्रतिबन्ध लागाईएको एन्फाले जनाएको छ ।

फागुन ३ गते सम्पन्न भएको लिग अन्तर्गत सरस्वती र हिमालयनबीच भएको खेल सरस्वती क्लबले जितेको थियो । सो खेल पश्चात खेलमा मिलोमतो भएको भन्दै एन्फाले अनुशासन समितिलाई छानबिनको निर्देशन दिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै