• २०८१ मङ्सिर ३ सोमबार

बलात्कारको अभियोगमा पुर्वसभामुख महरालाई सफाइ

kharibot

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाई दिएको छ ।

सोमबार मुद्धाको फैसला गर्दै महरालाई जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाई दिएको हो ।

बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । 

यसअघि आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आजका लागि राखिएको थियो ।

महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएकोमा अदालतको सफाई पछि आजै रिहा हुने भएका छन् । 

महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो ।

संसद सचिवालयमै कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै