• २०८१ बैशाख १७ सोमबार

जगदम्बा सिमेन्टद्वारा नि:शुल्क हेल्मेट बितरण

kharibot

बर्दिया(गुलरिया) । सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यका साथ तपाईको जिवन सुरक्षामा जगदम्बाको साथ भन्ने मुल नाराका साथ शुरु भएको जगदमबा सिमेन्टको सुरक्षित यात्रा अन्तरगत मोटरसाईकलको पछाडी यात्रा गर्ने यात्रुको सुरक्षाको लागी शुक्रबार बर्दियाको गुलरियामा जिल्ला टाफिक प्रहरी कार्यालयको आयोजना र जगदम्बा सिमेन्टको सहयोगमा हेल्मेट बितरण गरिएको छ ।

मोटरसाईकल चालक संगै पछाडि बस्ने यात्रुलाई पनि जोखिम रहेकोले पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनु पर्छ भनेर हेल्मेट वितरण गरिएको जगदम्मा सिमेन्टका एस आर ब्राण्ड म्यानेजर जगन्नाथ दहालले बताए । उनले भने, 'हाम्रो कम्पनीले सामाजिक उत्तर दायित्व बहन गर्ने भएकाले हामिले सुरक्षित यात्रका लागि हेल्मेट बितरण गरेका हौ ।'

त्यसैगरी जिल्ला टाफिक प्रहरी कार्यालय बर्दियाका टाफिक प्रहरी प्रमुख लोकेन्द्र बहादुर मल्लले दुई पांग्रे सवारी साधमा पछाडी बसेर यात्रा गर्ने यात्रुका लागि जगदम्बा सिमेन्टको सहयोगमा निशुल्क हेल्मेट बितरण गरिएको बताए । शुक्रबार  जगदम्बा सिमेन्ट को सहयोगमा गुलरियामा करिव २ सय हेल्मेट यात्रुहरुलाई निशुल्क बितरण गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै