• २०८१ असार २२ शनिबार

बमजनबिरुद्ध पक्राउ पूर्जी जारी, आश्रममा भेटिएनन्

kharibot

फाइल तस्बीर

काठमाडौँ । रामबहादुर बमजनबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सर्लाही जिल्ला अदालतले बमजनबिरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सिन्धुली प्रहरीलाई बिहीबार पत्र लेख्दै बमजनलाई उपस्थित गराउन भनेको छ ।

सर्लाही प्रहरीका अनुसार बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनीबिरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको हो ।

यसैबीच प्रहरीले सिन्धुलीको सितामेस्थित आश्रममा तपस्वी बमजनलाइ पक्राउ गर्न गएपनि बम्जन फेला नपरेको बताएको छ । सिन्धुली बजारदेखि ६ किलोमिटर दुरीमा रहेको आश्रममा पुगेको सिन्धुली प्रहरीको टोलीलाई उनका अनुयायीहरुले तपस्वी अज्ञात स्थलमा ध्यानमा रहेको जानकारी दिएको प्रहरीले बताएको छ । अहिले प्रहरी बमजनको खोजीमा नै रहेको बताएको छ ।

यसअघि बमजनबिरुद्ध चारजना पुरुष र महिला बेपत्ता बनाएको भन्दै तीन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका निवेदनमाथि पनि कुनै कारवाही हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोक आश्रमबाट फुलमाया रुम्बा पासाङ हराएको भन्दै खोजिदिन भाई बिजय रुम्बाले निवेदन दिएका छन् । उनले दिदी सम्पर्क विहिन भएकाले खोजिदिन भन्दै निवेदन दिएका छन् ।

यस्तै नुवाकोट प्रहरीमा परेको निवेदनमा घर आएकी फुलमाया सिन्धुली आश्रम जान्छु भनेर हिँडेको उल्लेख छ । नुवाकोट मेघान गाँउपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिईन । चुन्मा र कर्मा भनेर बोलाउने उनी तपस्वी बमजनको आश्रममा आनी थिईन । नुवाकोट प्रहरीमा दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएकी छन् ।

यी दुईसँगै मकवानपुरमा सञ्चलाल वाईबा र बाराका सुरेश आलेमगर बमजनकै आश्रमबाट हराएकोले खोजीदिन प्रहरीमा निवेदन परेको हो ।

बमजनको आश्रमबाट २०६९ देखि २०७२ बिचमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ । बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा(पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाउने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले यस अघि नै निवेदन दिएका छन् ।

त्यस्तै सरकारले २०७४ माघ २६ मा मन्त्रीपरिषद् निर्णयबाट तपस्वी बमजनको बाराको हल्खोरियास्थित आश्रम क्षेत्रलाई धार्मिक बनक्षेत्र घोषणा गरेको थियो । बोम्जनले २ जेठ २०६२ गतेदेखि सुरु गरेको निराहार तपस्या छ वर्षपछि २ जेठ २०६८ मा सकिएको भनिएपछि उनी चर्चामा आएका थिए । बाराको जंगलमा उनी तपस्यागर्दै गरेको सार्वजनिक भएपछि उनलाई ‘लिटिल बुद्व’ को उपमा समेत दिइएको थियो ।

बमजनको अहिले बाराको हल्खोरिया जंगल, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरमा आश्रम रहेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै