• २०८१ बैशाख १५ शनिबार

तापसी पन्नु अभिनित फिल्म थप्पडको ट्रेलर सार्वजनिक

kharibot

मुम्बई । बलिवुड अभिनेत्री तापसी पन्नु अभिनित फिल्म थप्पडको ट्रेलर सार्वजनिक भएको छ ।

फरक र वास्तविक फिल्ममा अभिनय गर्ने पहिचान बनाएकी तापसीको यो फिल्म थप्पड पनि परिवारमा रहको सम्बन्धको बारेमा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । पतिले पत्नीलाई थप्पड हानेपछि पत्नीले आफ्नो जीवनमा उठाउने कदमका बारेमा फिल्मको कथा रहेको ट्रेलरबाट प्रष्ट हुन्छ ।

फिल्मलाई आर्टिकल १५, मुलक जस्ता फिल्म बनाएका निर्देशक अनुभव सिन्हाले निर्देशन गरेका हुन् ।

फिल्ममा तापसी प्रमुख भूमिकामा छन् भने रत्न पाठक शाह, मानव कौल, दिया मिर्जा, राम कपुरलागायतको समेत अभिनय रहेको छ ।

फिल्म आगामी फेब्रुअरी २८ मा रिलिज हुदै छ ।

फिल्मको ट्रेलर :

   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै