• २०८१ बैशाख २० बिहीबार

यौन शोषणको आरोप लागेका एसएसपी राणा निलम्बन

kharibot

काठमाडौं  । यौन शोषणको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।

मन्त्रालयले राणालाई निलम्बन गरेसँगै उनीविरूद्ध सुनसरी प्रहरीमा जाहेरी परेको छ । अब अदालतसँग अनुमति लिएर उनीविरुद्द पक्राउ पूर्जी जारी हुने भएको छ ।

यौन शोषणको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय एक नम्बर प्रदेश धरानमा कार्यरत एसएसपी राणामाथि धरानकी एक उच्च घरानाकी महिलाले यौनशोषण गरेको आरोप लगाएकी थिइन् । गत मंसिर १७ गते गृहमन्त्रालयले राणामाथि छानबिन गर्न प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।

राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाउँदै ती महिला गृह मन्त्रालय पुगेर मन्त्री र सचिवसमक्ष उजुरी गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै