• २०८१ बैशाख १६ आइतबार

दाङको संस्कृत विश्वविद्यालयमा विद्यावारिधि कक्षा शुरु

kharibot

घोराही । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधि (पिएचडी)को कक्षा शुरु गरेको छ।

विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा सञ्चालन गरेको भए पनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन। विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर आजदेखि विद्यावारिधिको कक्षा शुरुआत गरेको जनाएको हो।

विश्वविद्यालयका उपकुलपति रमेश ढकालले दाङमै विद्यावारिधि शुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको बताए। उनले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधिको अध्यापन शुरु भएको जानकारी दिए।

विश्वविद्यालयका प्राध्यापक कृष्णचन्द्र शर्माले विद्यावारिधिका बारेमा जानकारी दिँदै दाङमै विद्यावारिधिको कक्षा शुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

विश्वविद्यालयमा गणित, राजनीतिशास्त्र, अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विषय र योगचिकित्सामा विद्यावारिधिको अध्ययन हुनेछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै