• २०८१ बैशाख २१ शुक्रबार

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

kharibot

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास गर्तेका छन्।

क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ र वडा नं २ मालिङ जोड्ने उक्त मोटरेबल पुल प्रदेश सरकारको रु सात करोड १० लाखको लगानीमा निर्माण हुन लागेको हो। सो अवसरमा मुख्यमन्त्री गुरुङले पुल र सडक मात्रै जोडेर आर्थिक विकास र समृद्धि नहुने बताउँदै यसका लागि गाउँगाउँमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।

उनले प्रदेशभित्र गरिब घरधुरी पहिचान गरी सबै नागरिकको जीवन उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी योजनाका साथ अघि बढ्ने तयारी गरेको छ भने।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मायानाथ अधिकारीले पुल निर्माणपश्चात यहाँका स्थानीयवासीको जीवनमा धेरै परिर्वतन हुने विश्वास व्यक्त गरे। उक्त पुल आगामी २०७८ साल पुस १८ अर्थात् २ वर्षभित्र सम्पन्न गर्ने गरी भौतिक पूर्वाधार कार्यालय लमजुङसँग निर्माण कम्पनी हिम सगरमाथ जेभीले सम्झौता गरेको छ।

निर्माण कम्पनीका अध्यक्ष शतिश पराजुलीका अनुसार ७० मिटर लामो र ६ मिटर चौडाइको पुल निर्माण हुनेछ। पुल निर्माण भएपछि मालिङ, घाम्राङलगायत स्थानीयवासीलाई सहज हुने क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै