• २०८१ बैशाख १५ शनिबार

सोनाम ल्होछारको अवसरमा तामाङ समुदायका पहिलो मन्त्री सम्मानित

kharibot

तस्वीर : श्रीराम अर्जुन

हेटौंडा । नेपालको राजनितिक क्षेत्रमा तामाङ समुदायबाट पहिलो मन्त्री बनेका मकवानपुरका तिलक बहादुर नेगी लामा तामाङ हेटौंडामा सम्मानित भएका छन्।

साङ्गे छोयईफेल गुम्बा संरक्षण समिति हेटौंडा १९ बस्तीपुरको आयोजनामा भएको मञ्जुश्री वर्ष २८५६ औं सोनाम ल्होछारको अवसर पारेर गरीएको नवनिर्मित गुम्बा भवन समुद्घाटन, सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रममा पूर्व मन्त्री तामाङलाई सम्मान गरीएको थियो।

बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरीएको थियो।

हाल कैलाश गाउँपालिका वडा १ साविक डाडाँखर्क गाविसमा जन्मिएका पूर्व मन्त्री तामाङ विस २००७ सालको राणा शासन विरुद्धको वैरगनिया आन्दोलनमा सहभागि भई सक्रिय राजनिति गरेका थिए।

मकवानपुर जिल्लाकै पहिलो मात्र नभई उनी तामाङ समुदायको नै पहिलो मन्त्रीको रुपमा रहेका छन्। उनी विस २०३८ सालमा रापस मा अत्याधिक मतका साथ विजयी श्रम तथा समाजकल्याण मन्त्री भएका थिए।

सक्रिय रजनिति गर्दै अघि बढेका तामाङ विस २०१५ सालको आमचुनाव हुर्दै २०१८ सालमा साविक  डाँडाखर्क गाविसको प्रधानपञ्चमा निर्वाचित भएका थिए। त्यसपश्चात तत्कालिन जिविस सदस्य र कार्यबहाक सभापति हुदैं मन्त्री बनेका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै