• २०८१ बैशाख २३ आइतबार

लोक सेवा आयोगका नव-नियुक्त सदस्यद्धारा सपथ ग्रहण

kharibot

तस्वीर : श्रीराम अर्जुन

हेटौंडा । बागमती प्रदेश लोक सेवा आयोगका नव नियुक्त दुई सदस्यले सपथ ग्रहण गरेका छन्।

प्रदेश लोक सेवा आयोगका लागि सिफारिस भएका सुर्दशन ढकाल र सर्मिला न्यौपानेले सोमबार प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण लिएका छन्। उनिहरुलाई बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको उपस्थितीमा सपथग्रहण गराइएको थियो।

उनीहरुलाई प्रदेशका लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले सपथ खुवाएका थिए। सपथग्रहण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश प्रमुख सचिव तोयमराय, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम वस्नेत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल तथा सुरक्षा निकायका प्रमुखहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै