काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज स्ट्राइकर सन्तोष साहुखललाई नयाँ किर्तिमान बनाएका छन् ।
नेपालको लिग इतिहासमा नै साहुखलले सय गोल गरेर नयाँ किर्तिमान बनाएका हुन् ।
साहुखलले अहिले जारी नेपाल पुलिसविरुद्धको खेलमा खेलको १८औ मीनेटमा गोल गर्दै लिगमा आफ्नो गोल संख्या सय पुर्याएका हुन् ।
पछिल्ला दुई खेलमा साहुखलले गोल नगर्दा उनको सयौं गोल प्रतिक्षाको विषय बनेको थियो । यो सँगै साहुखल नेपालको ए डिभिजनको लिगमा सय गोलको कोषेढुंगा पार गर्ने पहिलो खेलाडी बनेका छन् ।
यस सिजनमा उत्कृष्ट फर्ममा रहेका सन्तोषले अहिलेसम्म ४ खेलमा ४ गोल गरेका छन् ।
२०६० देखि थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्न थालेका सन्तोष घरेलु प्रतियोगितामा सर्वाधिक सफल खेलाडी हुन् ।
सन्तोषले अहिलेसम्म २०६० मा थ्रीस्टार क्लबबाट ६ गोल, २०६१ मा एपीएफ क्लबबाट ६ गोल, २०६२ मा थ्रीस्टार क्लबबाट ९ गोल, २०६३ मा थ्रीस्टारबाटै ११ गोल, २०६६-६७ थ्रीस्टारबाटै १९ गोल, २०६८ मा मनाङ मर्स्याङ्दीबाट १६ गोल, २०६९ मा थ्रीस्टार क्लबबाट १७ गोल, २०७० मा थ्रीस्टारबाट ९ गोल २०७५ मा च्यासल युथ क्लबबाट ३ गोल र २०७६ मा अहिलेसम्म च्यासल युथ क्लबबाट ३ गोल गरेका छन् ।









