• २०८३ असार २ मंगलबार

सन्तोष साहुखलको कीर्तिमानी सयौं गोलको प्रतिक्षा !

सन्तोष साहुखलको कीर्तिमानी सयौं गोलको प्रतिक्षा !

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज स्ट्राइकर सन्तोष साहुखललाई नयाँ किर्तिमान बनाउने अवसर रहेको छ ।

नेपालको लिगमा अहिलेसम्म ९९ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका सन्तोषले आफ्नो गोल संख्या सय पुर्याउने अवसर रहेको छ ।  आज च्यासल युथ क्लबले जावलाखेल युथ क्लबको सामना गर्दा सन्तोषको अगाडी एउटा इतिहास रच्ने सुनौलो अवसर रहेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने यस खेलमा सबैको नजर सन्तोषको गोलमा हुने छ । जावलाखेल विरुद्ध आजको खेलमा गोल गर्न सकेमा सन्तोष नेपालको ए डिभिजनको लिगमा सय गोलको कोषेढुंगा पार गर्ने पहिलो खेलाडी बन्नेछन् ।

यस सिजनमा उत्कृष्ट फर्ममा रहेका सन्तोषले  अहिलेसम्म ३ खेलमा ३ गोल गरेका छन् ।

२०६० देखि थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्न थालेका सन्तोष घरेलु प्रतियोगितामा सर्वाधिक सफल खेलाडी हुन् । 

सन्तोषले अहिलेसम्म २०६० मा थ्रीस्टार क्लबबाट ६ गोल, २०६१ मा एपीएफ क्लबबाट ६ गोल, २०६२ मा थ्रीस्टार क्लबबाट ९ गोल, २०६३ मा थ्रीस्टारबाटै ११ गोल, २०६६-६७ थ्रीस्टारबाटै १९ गोल, २०६८ मा मनाङ मर्स्याङ्दीबाट १६ गोल, २०६९ मा थ्रीस्टार क्लबबाट १७ गोल, २०७० मा थ्रीस्टारबाट ९ गोल २०७५ मा च्यासल युथ क्लबबाट ३ गोल र २०७६ मा अहिलेसम्म च्यासल युथ क्लबबाट ३ गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै