• २०८१ बैशाख २३ आइतबार

बैदेशिक व्यापार सुधारको दिशामा : चार महिनामा निर्यात २३ प्रतिसतले बढ्यो

kharibot

काठमाडौ । मुलुकको बैदेशिक व्यापार सुधारको दिशामा गएको छ । निर्यात बढ्दा बस्तुको आयात क्रमश घट्दै गएको छ भने बैदेशिक व्यापार घाटा कम हुदै गएको छ । राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा बित्ती अवस्था सम्वन्धी चालु आवको चार महिनाको प्रतिवेदन अनुसार वस्तु निर्यात २३ दसलव नौ प्रतिशतले बढेर ३६ अर्ब २८ करोड पुगेको छ । 

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले बढेको थियो ।  गन्तव्यका आधारमा भारततर्फ ४५ दसमलव छ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात छ प्रतिशत र अन्य मुलुकतर्फ चार दसमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०७६-७७ को चार महिनामा कुल वस्तु आयात छ दसमलव नौ प्रतिशतले घटेर चार सय ५० अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५ दसमालव आठ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १० दसमलव नौ प्रतिशत र आठ दसमलव सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२ दसामलव आठ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण,विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ । ज्ञण्.भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । 

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ । ज्ञज्ञ.आर्थिक वर्ष २०७६-७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा आठ दसमलव नौ प्रतिशतले संकुचन भई चार सय १४ अर्ब २ करोड रहेको छ ।

गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दसमलव आठ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै