• २०८१ बैशाख १४ शुक्रबार

पौडेल र सिटौलाले बहिष्कार गरेको केन्द्रीय समितिमा नौ एजेन्डा प्रस्तुत

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको आज बोलाइएको केन्द्रीय समितिको बैठकमा विभिन्न ९ एजेन्डा पेश भएका छन् ।

बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेपछी एजेन्डामा छलफल भने हुन सकेन ।

बैठकमा पौडेल पक्षका नेता महेश आचार्यले भाग लिएर पार्टीको महाधिवेशनलाई एजेन्डा बनाएर अगाडी बढ्न सुझाव दिएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले भने केन्द्रीय विभागको संख्या बढाउने, सार्क खेलाडीहरुलाइ बधाई दिने, उप निर्वाचनको अनुगमनको प्रतिवेदन, केन्द्रीय सदस्य एनपी साउदको संयोकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विद्यमान सुझाव समिति’ ले तयार पारेको विधान, अहिले चलिरहेको नक्सा विवादसम्बन्धि प्रस्ताव, तरुण दलको म्याद ६ महिना थप्नेलगायतका प्रस्ताव केन्द्रीय समितिमा पेश गरेका छन् ।

पौडेल र सिटौला पक्षले बैठक बहिष्कार गरेपछि अब एजेन्डा छलफलका लागि यहि मङ्सिर २९ गते दिउसो १ बजे अर्को बैठक बस्ने गरी आजको बैठक सकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै