• २०८१ बैशाख १६ आइतबार

नेप्सेमा आज ११ दसमलव १७ अंकको उच्च बृद्धि

kharibot

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से झण्डै १२ अंकले बढेको छ।

नेप्से आज ११ दसमलव १७ अंकले बढेर ११ सय ७२ दसमलव ६४ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ४१ अंकले बढेर दुई सय ५५ दसमलव ६० बिन्दुमा चढेको छ।

एक सय ६८ कम्पनीहरुको १० हजार एक सय ४६ वटा कारोवारमा २१ लाख दुई हजार ६१ कित्ता सेयर खरिद बिक्री भएकाछन्। उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७६ करोड ४० लाख २५ हजार दुई सय १३ रुपैयाँ पुगेको छ।

नेप्समा आज १२ वटा समुहको कारोवार हुँदा सात वटा समुहको सुचक बढेकाछन भने पाँच वटाको घटेकाछन्। ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ८२ अंकले बढेर एक हजार ४८ दसमलव ९७ बिन्दुमा चढ्दा बिकास बैक समुहको सुचक पनि दुई दसमलव ७२ अंकले बढेर १५ सय ८९ दसमलव एक बिन्दुमा चढेको छ।

निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ३२ दसमलव चार अंकले बढेर चार हजार सात सय चार दसमलव ७५ बिन्दुमा चढेको छ।

यसैगरी जलबिद्युत, जीवन बीमा, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन्। ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन्। 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर दुई सय ७५ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ७७ पैसाले घटेर चार सय ५९ रुपैयाँमा कारोवार भएको छ।

यसैगरी कारोवार भएको रकमका आधारमा पहिलो स्थानमा परेको स्वालम्वन लघुबित्त बित्तीय संस्थाको संस्थापक सेयरतर्फ प्रतिकित्ता चार सय ३९ रुपैयाँ अन्तिम मुल्यमा आठ करोड २८ लाख ५२ हजार ३१ रुपैयाँको कारोवार भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै