• २०८१ बैशाख १५ शनिबार

संखुवासभाको वडा कार्यालयमा आगजनी

kharibot

खाँदबारी । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। 

गए राति १२:०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोन लगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिव।

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए। आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटर समेत जलाएको छ।

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामाले बताए।

आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए। वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै