• २०८१ बैशाख १५ शनिबार

पोखरा प्रिमियर लिगको तालिका सार्वजनिक, सन्दीप नखेल्ने

kharibot

काठमाडौँ । टी-२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो सिजनको खेल तालिका सार्वजनिक भएको छ । विभिन्न छ वटा टीमले भाग लिने टी-२० फ्रेंचाईजी लिग यहि मङ्सिर २८ गते देखि पुष १२ गते सम्म हुने भएको छ ।

पिपिएलमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स गरी ६ टिम खेल्दै छन् ।

पिपिएलको पहिलो सिजनको उपाधि घरेलु टिम पोखरा पल्टनले जितेको थियो ।

नेपालमा हुने तीन प्रमुख टी-२० लिग मध्येको एक बनेको पिपिएल पछि एभरेष्ट प्रिमियर लिग (इपिएल) को यस बर्षको प्रतियोगिता आगामी फागुन १७ देखी चैत्र १ सम्म हुने घोषणा गरिसकिएको छ । 

पिपिएलको उद्घाटन खेल पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ । प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुने भएको छ ।

अघिल्लो सिजनमा बिराटनगरबाट खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने यस सिजनमा नखेल्ने बताएका छन् । सन्दीपले आफु यस पटक नखेल्ने आजै जानकारी गराएका छन् ।

खेल तालिका :     

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै