• २०८१ बैशाख १५ शनिबार

गूगल फोटोजमा नयाँ च्याट फिचर  

kharibot

काठमाडौं । गूगल कम्पनीले गूगल फोटोजको लागि नयाँ च्याट फिचर ल्याएको छ। यस फिचरको माध्यमबाट प्रयोगकर्ताले सजिलै संग तस्बिर शेयर गर्न सक्छन्।

साथै कम्पनीले आफ्नो आधिकारिक ब्लग पोस्टमा एउटा गिफ को मध्यमबाट यस फिचरको काम गर्ने तरिका पनि बताएको छ। गूगलको अनुसार छिट्टै नै एन्ड्रोइड र आईओएस यूजर्सलाई च्याट  फिचरको सपोर्ट मिल्नेछ। यो भन्दा पहिला कम्पनीले मार्कअप टूल्स जस्तो थुप्रै नयाँ फिचर्स लन्च गरेको थियो।

यूजर्सले गूगल फोटोज एपमा फिचरको माध्यमबाट च्याट गर्नुको साथै फोटो पब्लिक गर्ने विकल्प पनि पाउनेछन्। यस फिचर प्रयोग गर्नको लागि यूजर्सलाई एपमा देखिएको शेयर बटनमा टप जानुपर्ने छ र 'सेन्ड इन गूगल फोटो' लाई सेलेक्ट गर्ने। त्यसपछि फोटो सजिलै शेयर हुनेछ। यसमा प्रयोगकर्ताहरु इन्स्टाग्रामको जस्तै फोटोलाई लाइक र कमेन्ट पनि गर्न सक्छन्।

गूगलले पछिल्लो महिना मार्कअप  फिचर लन्च गरेको थियो। प्रयोगकर्ता उक्त फिचरको माध्यमबाट तस्बिरमा क्याप्सन राख्न सक्छन्। साथै यूजर्सद्वारा फोटोलाई हाइलाइट गर्ने अप्सन पनि राखेको छ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै