• २०८१ बैशाख १६ आइतबार

नि: शुल्क भएपछि पाँच करोड डाउनलोड भयो गूगल मीट

kharibot

काठमाडौँ । विश्वभर कोरोनाका कारण धेरै देशमा लकडाउन जारी रहेका बेला प्रविधिको उपयोग धेरै नै भइरहेको छ ।

भिडियो कन्फेरेन्सिंग एप जूमको सफलतापछि गुगल र फेसबुकलगायतका कम्पनिहरुले पनि आफ्नो फोकस भिडियो कन्फेरेन्सिंगमा गरेका छन् ।

यसैबीच गुगलले गुगल मीट सबैलाई नि:शुल्क गरेसँगै करोडौं डाउनलोड गरिएको छ ।

नि:शुल्क गरिएको १५ दिनमा नै ५ करोडभन्दा बढी पटक गुगल मीट डाउनलोड गरिएको छ ।

जूमको एपको सफलता देखेपछि गुगलले अप्रिल २९ मा यस अघि प्रिमियम ग्राहकले मात्र प्रयोग गर्ने गुगल मीटलाई सबैका लागि नि:शुल्क गर्ने घोषणा गरेको थियो ।

अब जिमेल प्रयोगकर्ताहरुले गुगल मीटको प्रयोग गरेर एकै पटकमा २५० जनासम्मले भिडियो मिटिंग गर्न सक्ने गुगलले बताएको छ ।

यस अघि केवल ५० लाखको हाराहारीमा डाउनलोड भएको गूगल मीट अहिले पाँच करोडभन्दा बढी डाउनलोड भएको एप सम्बन्धि विश्लेषण गर्ने कम्पनि एपब्रेनले जानकारी दिएको छ ।

गुगलको अहिले प्रतिष्पर्धा फेसबुकको म्यासेन्जर रुम र जूम एपसँग रहेको छ ।

फेसबुकको म्यासेन्जर रुममा ५० जनाले एक पटक कुरा गर्न सक्छन भने गूगल मीटमा २५० जनाले कुरा गर्न सकिन्छ ।

यसबाट स्कुल, कलेजका कक्षाहरुका साथै ठुला कन्फेरेन्स गर्न सकिने बताइएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै