अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप

खरीबोट

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट इनिंग र ४८ रनले जित हासिल गर्दै सिरिजमा २-० ले क्लिन स्वीप गरेको छ । पाकिस्तान दोस्रो इनिंगमा २३९ रन बनाएर अल आउट भएपछि अस्ट्रेलिया एक इनिंग र ४८ रनले विजयी भएको हो ।

यस अघि पाकिस्तानले पहिलो इनिंगमा ३०२ रन बनाएको थियो । अस्ट्रेलियाले भने आफ्नो पहिलो इनिंगमा डेविड वार्नरको ३३५ रनको मद्धतले ३ विकेट गुमाएर ५८९ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

अस्ट्रेलियाले यस अघिको पहिलो टेस्टमा पनि इनिंग र ५ रनले जितेको थियो ।

यो संगै पाकिस्तानले अस्ट्रेलिया टुरमा टी-२० सिरिज र टेस्ट सिरिज दुवै गुमाएको छ ।

टेस्ट सिरिजमा डेविड वार्नर प्लेयर अफ द सिरिज बनेका छन् । वार्नरले पहिलो टेस्टमा शतक र दोस्रो टेस्टमा तेहोरो शतक प्रहार गरेका थिए । वार्नर दोस्रो खेलको प्लेयर अफ द म्याच समेत बनेका थिए ।   
 

सम्बन्धित समाचार

न्युजील्याण्ड १६६ मा अलआउट, अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौँ । अस्ट्रेलिया र न्युजील्याण्डबीचको टेस्ट खेल अहिले जारी रहेको छ । न्युजील्याण्डल;ए आफ्नो पहिलो इनिंगमा १६६ रन मात्र बनाएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २५० रनको अग्रता लिएको छ । न्युजील्याण्डका लागि

श्रीलङ्काली टेस्ट क्रिकेट टोली दश वर्षपछि पाकिस्तान भ्रमणमा

रावलपिन्डी । श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ। श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार

अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट इनिंग र ४८ रनले जित हासिल गर्दै सिरिजमा २-० ले क्लिन स्वीप गरेको छ । पाकिस्तान दोस्रो इनिंगमा २३९ रन बनाएर अल आउट भएपछि

अस्ट्रेलियाविरुद्ध पाकिस्तान फलोअनमा

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानलाई जारी टेस्ट खेलमा फलो अन दिएको छ । दोस्रो टेस्टको तेस्रो दिन आज पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३०२ रन बनाएर अल आउट भएपछि अस्ट्रेलिया भन्दा अझै २८७


z