काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड युभेन्टससँग पराजित भएपछि अन्तिम १६ मा छनौट हुने सम्भावना संकटमा परेको छ ।
गएराती सम्पन्न खेलमा युभेन्टसले पाउलो डिबालाको निर्णायक गोलमा एटलेटिको म्याड्रिडमाथि १-० को जित हासिल गरेको छ ।
डिबालाले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । यो जी पछि युभेन्टस ५ खेलमा १३ अंक हासिल गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान सुनिश्चित गरेको छ ।
त्यस्तै एटलेटिको म्याड्रिडको भने ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ भने बयार लिभरकुसनको ५ खेलमा ६ अंक रहेको छ । यस स्थितिमा एटलेटिकोले डिसेम्बर १२ मा हुने लोकोमोटिभ मोस्कभाविरुद्धको खेल जित्नै पर्ने भएको छ ।
त्यस्तै समुह डि मा बायर लिभरकुशनले आफ्नो अन्तिम खेलमा युभेन्टससँगको खेल जितेमा भने एटलेटिको बाहिर हुने स्थित बनेको छ ।