काठमाडौं । साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ ।
राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, चर्चित बाल साहित्यकार तथा वरिष्ठ पत्रकार कसजूको मंगलबार निधन भएको हो ।
उनको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो । ६९ वर्षीय कसजू केही समयदेखि निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्याबाट पिडित रहेका थिए ।
कसजूलाई एक कुशल लेखक, पत्रकार तथा सूचनाका हकका अभियान्ताक रुपमा समेत चिनिन्छ । उनले वि.सं. २०६५ सालदेखि २०६८ सालसम्म प्रमुख सूचना आयुक्तको रूपमा काम गरेका थिए ।
नेपाली बाल साहित्यको क्षेत्रमा उनका ३७ वटा पुस्तक प्रकाशित छन् ।