• २०८३ बैशाख ४ शुक्रबार

बंगलादेशका क्रिकेटरको आन्दोलन सकियो, बोर्ड माग पुरा गर्न तयार 

बंगलादेशका क्रिकेटरको आन्दोलन सकियो, बोर्ड माग पुरा गर्न तयार 

काठमाडौँ । बंगलादेश क्रिकेटरहरुले घरेलु र अन्तर्राष्ट्रिय खेल नखेल्ने गरि गरेको हड्ताल सकिएको घोषणा गरेका छन् ।

विभिन्न ११ माग राखेर गत सोमबारदेखि आन्दोलनमा उत्रिएका बंगलादेशका क्रिकेटरहरुले राखेका सबै माग पुरा गर्ने क्रिकेट बोर्डको आश्वासन पछि खेलाडी घरेलु लिगमा फर्किने भएका हुन् ।

बंगलादेशका सिनियर खेलाडी शकिब अल हसन, मुशफिकुर रहीम र तामिम इकवालजस्ता खेलाडीहरु सहित खेलाडीहरुले पाउने सुबिधा र अन्य गतिविधिमा सुधारलाई लिएर आन्दोलनमा उत्रिएका थिए ।

खेलाडीको आन्दोलनका कारण नोभेम्बर पहिलो सातामा हुने भारत टुर समेत संकटमा परेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हस्तक्षेपपछि बोर्डले खेलाडीका मकाग पुरा गरेको बताइएको छ ।

बोर्ड र खेलाडीका बिचमा मध्यस्तता गर्न एकदिवसीय कप्तान मुर्तजालाई नियुक्त गरिएको छ ।

बंगलादेशले भारतविरुद्ध ३ टी-२० र २ टेस्ट खेल खेल्दै छ । पहिलो टी-२० खेल नोभेम्बर ३ मा हुदै छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै