• २०८१ बैशाख १७ सोमबार

अन्डर-१९ एशिया कप क्रिकेट आजदेखि :यस्तो छ खेल तालिका 

kharibot

एशियाकपमा सहभगी आठै देशका कप्तान ट्रफीका साथमा ।

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदै छ ।

आजदेखि देखि भाद्र २८ सम्म (सेप्टेम्बर ५ देखि १४ ) हुने यस एसीसी अन्डर १९ एशिया कपमा नेपाल समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेको छ भने समुह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन् । ५० ओभर फर्म्याटमा हुने यस प्रतियोगितामा भाग लिएका ८ देशलाई दुई समुहमा बिभाजन गरिएको छ । 

एशिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिम श्रीलंकामा यस अघि नै पुगिसकेको छ । श्रीलंकामा ३ अभ्यास खेल खेलेको नेपालले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । 

एशिया कप खेल्ने नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), रीत गौतम, पवन सराफ, महमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहोरा, सुर्य तामाङ, लोकेश बहादुर बम र प्रतिस जिसी ।

त्यस्तै नेपाली अन्डर १९ टिमका प्रमुख कोच विनोदकुमार दास रहेका छन् भने अपुर्वा देसाई ब्याटिंग कोच रहेका छन् । त्यस्तै विक्रम न्यौपाने म्यानेजर हुने भने सुबास पात्रो ट्रेनरको रुपमा श्रीलंकामा छन् ।

खेल तालिका :

नेपालको समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेका छन् । यस्तै समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २-२ टिम सेमीफाइनल प्रवेश गर्ने छन् ।

नेपालले आयोजक श्रीलंकासँग भाद्र २० (सेप्टेम्बर ६) मा खेल्ने छ भने दोश्रो खेल बंगलादेशसँग भाद्र २२ (सेप्टेम्बर ८) मा तथा तेश्रो खेल युएईसँग भाद्र २४ (सेप्टेम्बर १० ) मा खेल्ने तालिका रहेको छ ।

भाद्र १९ (सेप्टेम्बर ५) : भारत भर्सेज कुवेत
    : अफगानिस्तान भर्सेज पाकिस्तान
भाद्र २० (सेप्टेम्बर ६) : श्रीलंका भर्सेज नेपाल 
    : बंगलादेश भर्सेज युएई 
भाद्र २१ (सेप्टेम्बर ७) : भारत भर्सेज पाकिस्तान 
    : अफगानिस्तान भर्सेज कुवेत 
भाद्र २२ (सेप्टेम्बर ८) : श्रीलंका भर्सेज युएई 
        : बंगलादेश भर्सेज नेपाल 
भाद्र २३ (सेप्टेम्बर ९) : भारत भर्सेज अफगानिस्तान 
         : पाकिस्तान भर्सेज कुवेत 
भाद्र २४ (सेप्टेम्बर १०) : श्रीलंका भर्सेज बंगलादेश 
         : युएई भर्सेज नेपाल 
भाद्र २६ (सेप्टेम्बर १२ ) : सेमिफाइनल
भाद्र २८ (सेप्टेम्बर १४) : फाइनल    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै