• २०८१ बैशाख १६ आइतबार

इशान र अनन्याको फिल्मको नाम जुर्यो

kharibot

मुम्बई । बलिवुड अभिनेता इशान खट्टर र अभिनेत्री अनन्या पाण्डेले अभिनय गर्ने फिल्मको नाम अन्तत: जुरेको छ ।

इशान-अनन्या स्टारर फिल्मको नाम 'खाली पीली' राखिएको छ । फिल्मलाई अलि अब्बास जाफरले निर्नामं गर्दै छन् भने निर्देशन मकबूल खानले गर्दै छन् । जाफर सलमान खानसँगका फिल्म सुल्तान, एक था टाइगर, टाइगर जिन्दा है, भारतपछि निर्माताको भूमिकामा मात्र रहेका छन् ।

फिल्मको शुटिंग सेप्टेम्बर बाटै शुरु हुने बताइएको छ भने फिल्मको रिलिज २०२० को जुन १२ मा गरिने घोषणा गरिएको छ ।

अनन्या अभिनेता चंकी पाण्डेकी छोरी हुन् भने उनले हालै स्टुडेन्ट अफ द इयर-२ बाट बलिवुडमा डेभ्यु गरेकी हुन् । हाल अनन्याले कार्तिक आर्यनसँगको फिल्म पति पत्नी और ओ' मा काम गरिरहेकी छन् ।

त्यस्तै इशान भने धड्क पछि कुनै फिल्ममा काम गरेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै