• २०८१ बैशाख ७ शुक्रबार

प्युडिपाई बने सबैभन्दा प्रसिद्ध यूट्युबर, सब्स्क्राइबर संख्या १० करोडभन्दा बढी 

kharibot

स्वीडेन । स्वीडेनका यूट्युबर प्युडिपाई विश्वकै प्रसिद्ध यूट्युबर बनेका छन् । उनको यूट्युब च्यानलको सब्स्क्राइबर संख्या १० करोडभन्दा बढी पुगेको छ । यद्यपि, उनको यूट्युब च्यानल सब्स्क्राइबरको संख्यामा दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने टीसिरिज छ ।

यो समाचार तयार पार्दासम्म टीसिरिजको सब्स्क्राइबर संख्या १० करोड ९७ लाख ८८ हजार पुगेको छ । दोस्रोमा रहेको प्युडिपाईको संख्या भने १० करोड ४ लाख २४ हजार छ ।  टिसिरिजले चालू वर्षको सुरुमा १० करोड पार गरेको थियो । 

प्युडिपाईलाई यूट्युबले दियो बधाई 

व्यक्तिगत ब्लगरको रुपमा प्युडिपाईले यो उपलब्धि पाएकोमा यूट्युबले उनलाई बधाई दिँदै एक छोटो भिडियो बनाएको छ । उक्त भिडियोमा प्युडिपाईको यूट्युब यात्रालाई देखाइएको छ । 

सब्स्क्राइबरको संख्याको विषयमा दोस्रो स्थानमा रहेका २९ वर्षीय प्युडिपाई अघिल्लो दुई वर्षदेखि सबैभन्दा बढी कमाउने यूट्युबरमा कायम छन् । 

फ्यानहरुका अतिप्रिय 

स्वीडेनका प्युडिपाई कहिलेकाहिँ विवादमा पनि पर्ने गरेका छन् । तथापि, उनी आफ्ना फ्यानका निकै प्रिय छन् । उनका फ्यानहरुले उनको च्यानल प्रमोट गर्न र सब्स्क्राइबर बढाउन सब्स्क्राइबर टु प्युडिपाई क्याम्पेन नै सुरु गरेका थिए । लन्च हुने बित्तिकै यो क्याम्पेन भाइरल भयो र हेर्दाहेर्दै प्युडिपाई यूट्युबका राजा बने । 

प्युडिपाईविरुद्ध मुद्दा 

सन् २०१७ मा प्युडिपाईविरुद्ध एक मुद्दा पनि दर्ता भएको थियो । उनले यहुदीहरुको विरुद्धमा भिडियो बनाएका थिए । अतः डिज्नी मेकर्स स्टुडियो र यूट्युबले उनको रियालिटी सिरिजलाई रद्द गरेका थिए । यद्यपि, यो खबर बाहिर आएपछि प्युडिपाईले माफी पनि मागेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै