• २०८१ बैशाख २० बिहीबार

यूट्युबले अब भ्रामक भिडियोको रिकमेन्ड नगर्ने 

kharibot

काठमाडौँ । ‘पृथ्वी गोलो नभई चेप्टो छ अथवा चन्द्रमामा मानवले पाइला टेकेकै छैन,’ यस्ता झूटा कुरा यूट्युबमा बारम्बार आउने गरेका छन् । यस्ता भिडियो यूट्युबजस्ता भिडियो शेयरिङ प्लेटफर्ममा सजिलै पाइन्छन् । 

भिडियो शेयरिङ वेबसाइट यूट्युबले भने आफ्ना केही नीति परिवर्तन गर्दै भएको छ । यूट्युबले त्यस्ता भ्रामक भिडियोलाई रिकमेन्डेसन दिन बन्द गर्ने शुक्रवार बताएको छ । 

प्रारम्भिक अवस्थादेखि नै यूट्युबमाथि उसले प्रयोगकर्तालाई गलत तथा भ्रामक जानकारी दिने भिडियो देखाइरहेको आरोप लाग्दै आएको छ । यसरी लगातार आलोचना खेप्नुपरेकाले यूट्युबले त्यस्ता भ्रामक भिडियो रिकमेन्ड नगर्ने निर्णय गर्दै नीति परिवर्तन गर्न लागेको हो । 

एक ब्लग पोस्टमा यूटुयुबले भिडियो फुटेड गाइडलाइन्सको हिसाबले सही भए पनि बोर्डरलाइन कन्टेन्टवाला अथवा प्रयोगकर्तालाई गलत तरिकाले भ्रमित गर्ने भिडियो सजेस्ट नगर्ने उल्लेख गरेको छ । 

नीति परिवर्तनले असर पर्ने खाले भिडियो केवल एक प्रतिशत भएको यूट्युबले बताएको छ । तर, यूट्युबमा भएका करोडौं भिडियोको आधारमा यो एक प्रतिशत पनि ठूलो संख्या हो । 

यूट्युब तथा अन्य सामाजिक सञ्जाललाई यस्ता झूटो जानकारी फैलाएको आरोप लाग्दै आएको छ । प्रयोगकर्ताको कन्टेन्टलाई नियमन गर्ने कुनै व्यवस्था नभएकाले यस्तो समस्या आएको बताइएको छ । 

यूट्युबले रिकमेन्ड बन्द गरिने यस्ता भिडियोलाई तीन भागमा बाँडेको छ । पहिलोमा त्यस्ता भिडियो छन् जसले कुनै रोग चामत्कारिक ढंगले ठीक हुने दाबी गर्दछन् ।

त्यसैगरी, दोस्रोमा त्यस्ता भिडियो छन् जसले पृथ्वी गोलो नभई चेप्टो छ भन्ने जस्ता भ्रम फैलाउन केही भ्रामक तथ्य र तर्क प्रस्तुत गर्छन् । यद्यपि, कम्पनीले अहिलेसम्म बोर्डरलाइट कन्टेन्टवाला भिडियो कुन हो भन्ने कुराको भने पूर्ण जानकारी दिएको छैन । 

भिडियो नहटाइने 

यूट्युबले त्यस्ता भ्रामक भिडियो तत्काल हटाउने कुनै योजना नभएको बताएको छ । सम्बन्धित च्यानलका सब्सक्राइबरले ती भिडियो पहिलेजसरी नै हेर्न सक्छन् । यूट्युबले ब्लगपोस्टमा प्रयोगकर्ताप्रतिको जिम्मेवारी आफूले नभुलेको उल्लेख गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै