• २०८१ बैशाख १६ आइतबार

आइसिटी अवार्डका विजेतालाई वाणिज्य बैंकको १५ लाखसम्मको कर्जा

kharibot

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करण यहि साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुदैछ ।

यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ । राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैकिङ पार्टनरको रुपमा रहेको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो । 

यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पुर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने जानकारी गराएको छ । यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ । 

आइसिटी अवार्ड २०१९ सफल बनाउन २ दर्जन बढि सस्थाहरुले सहयोग तथा सहकार्य गरेका छन । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सुचना प्रविधि केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकम यस अवार्डका मुख्य सहयोगी सस्थाहरु हुन । यसैगरी बैकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहेको छन । 

जेष्ठ १, २०७६ देखि सुरु भएको आइसिटी अवार्डको तयारी साउन ३२ गते ग्राण्ड फिनालेको रुपमा समापन हुनेछ । विभिन्न ९ विधामा २ सय बढिको नोमिनेशन प्राप्त भएको अवार्डको छनौट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरुको सहभागिता रहेको छ । 

आइसिटी अवार्ड २०१९ को ३ विधामा उत्कृष्ट ५ को पब्लिक भोटिङ साउन १८ सम्म सञ्चालन भएको थियो भने अन्य ६ विधामा जुरी समुहले फिल्ड भिजिट सहित छनौट प्रकृया जारी रहेको छ । यसैगरी पब्लिक च्वाइस आइसिटी अवार्डको लागि एसएमएस भोटिङ जारी रहेको छ । 

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् ।

यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो । साउन ३२ गते शनिवार आयोजना हुने फिनालेको प्रत्यक्ष प्रशारण समेत हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै