• २०८१ बैशाख २४ सोमबार

सन्नी लियोनीको कारण दिल्लीका एक युवा तनावमा

kharibot

काठमाडौँ । गत शुक्रबार रिलिज भएको बलिवुड फिल्म अर्जुन पाटियालामा एक फोन नम्बर सार्वजनिक भए पछि भारतको दिल्लीकी पुनीत अग्रवाल तनावमा परेका छन् ।

मिडिया रिपोर्टका अनुसार फिल्ममा अभिनेत्रीले सन्नी लियोनीले अभिनेता दिलजित दोसाँझलाई दिएको मोबाइल नम्बर दिल्ली निवासी पुनितको भएको र फिल्म रिलिज भएपछि हरेक दिन ३ सय भन्दा बढी फोन आए पछि पुनीत तनावमा परेका हुन् ।

धेरै जसोले अभिनेत्री सन्नी लियोनीसँग कुरा गर्न फोन गर्ने गरेको र कैयौले संदेश समेत पठाउने गरेको उनले बताएका छन् । २७ बर्षिय पुनितको फोनमा भारत बाहेक विदेशका कैयौ देशबाट समेत फोन आउने गरेको उनले बताएका छन् ।

एक निजी कम्पनीमा सिनियर एक्जुकेटिभ समेत रहेका पुनितले फिल्म निर्माताले फिल्ममा आफ्नो नम्बर सार्वजनिक गरेको भन्दै फिल्म निर्माता भुषण कुमार र दिनेश भिजनविरुद्ध मुद्धा दायर गरेका छन् ।

प्रहरीमा दायर गरेको रिपोर्टमा कैयौ मानिसहरुले भिडियो कल गर्न खोज्ने र आफुलाई अभद्र व्यवहार गर्नेसमेत गरेको भन्दै उनले फिल्म निर्माताविरुद्ध मुद्धा दायर गरेका हुन् ।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै