• २०८१ बैशाख १६ आइतबार

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

kharibot

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा लिएको कक्षा १२ को परीक्षाको नतिजा सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआएआजै  बोर्डको बैठक बसेर प्रकाशित गर्ने सम्भावना रहेको बोर्डले जानकारी दिएको छ ।

कक्षा १२ को नजिता प्रकाशित गर्न बोर्डको बैठक सोमबार दिउँसो ४ बजेलाई बोलाइएको छ ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो ।

मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

गतवर्षदेखि सबै संकाय र विषयको रिजल्ट एकैदिन गर्ने गरिएको छ । त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै