• २०८१ बैशाख १७ सोमबार

अन्तिम ओभरको त्यो चौका, जसले न्युजील्याण्डलाई डुबायो

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनल अहिलेसम्मकै क्रिकेट इतिहासको रोमान्चक खेल भयो भन्दा गलत हुदैन ।

५० ओभरमा दुवै टिमको बराबरी हुनु, त्यसपछिको सुपर ओभरमा पनि बराबरी हुनु र खेलको निर्णय पुरै खेलमा दुवै टिमले हानेका बाउन्ड्री(चौका-छक्का) बाट हुनुले फाइनल सुपर फाइनल बन्न पुग्यो ।

खेल सकिनासाथ आइसीसीले ट्वीट गर्दै भन्यो, 'एक विजेता तर दुई च्याम्पियन टिम' । साच्चै नै न्युजील्याण्डको टिम इङल्याण्डभन्दा कुनै अर्थमा कम रहेन । तर प्राविधिक रुपमा उ विजेता हुनबाट चुक्यो । वा अभागी बन्यो ।

यसै बीच यस खेलमा भएको एक रोमान्चक घटना जसले खेलको पुरै अंकगणित नै बदलिदियो । त्यसको बारेमा चर्चा गर्दै छौ ।

खेलको अन्तिम ओभरमा इङल्याण्डको जितको लागि १५ रनको आवश्यकता थियो । क्रिजमा बेन स्टोक र आदील राशिद थिए । न्युजील्याण्डको अन्तिम ओभर ट्रेन्ट बोल्टले बलिङ गर्दै थिए । शुरुका दुई ओभरमा स्टोकले कुनै रन बनाएनन् । उनले एक रन लिन अश्विकार गरेका थिए । ओभरको तेस्रो बलमा स्टोकले मिडविकेटमा छक्का प्रहार गरे । यसपछि इङल्याण्डलाई जितको लागि ३ बलमा ९ रनको आवश्यकता भयो ।

ओभरको चौथो बलमा ड्रमा नै भयो, जसले खेलको सबै अंक गणित नै बिगारिदियो । शायद त्यो ओभरमा यस्तो घटना नभएको भए विश्वकपको विजेता इङल्याण्ड होइन न्युजील्याण्ड हुने थियो । यो अनुमानको कुरा भयो । बोल्टको बल स्टोकले मिड विकेट बाउन्ड्री तर्फ हाने र त्यँहा रहेका फिल्डर मार्टिन गप्टिलले बल सिधै थ्रो गरे । तर दुई रन बटुल्न दौडी रहेका स्टोक जम्प गरेर क्रिजमा पुग्ने प्रयास गर्दै गर्दा गप्टिलले फालेको बल स्टोकको ब्याटमा लाग्न पुग्यो र बल सिधै बाउन्ड्री पार गर्यो । यसरी यो बलमा इङल्याण्डले चौका र दुई रन गरी कुल ६ रन पायो ।

यसरी चौथो बलपछि इङल्याण्डलाई जितको लागि २ बलमा ३ रनको जरुरी भयो । तर खेलको ड्रामा अझै रोकिएन । पाँचौ बलमा आदील राशिद दुई रन लिने क्रममा रनआउट हुन पुगे । अब अन्तिम बलमा जितका लागि २ रन आवश्यक भएको बेला दुई रन लिने क्रममा फेरी मार्ट वुड रन आउट हुन पुगे र खेल बराबरीमा सकियो । यसरी विश्वकप फाइनल खेलले अन्तिम ओभरमा नाटकीय मोड लिएको थियो ।

यस पछि भएको सुपर ओभरमा पनि दुवै टिमले १५-१५ रन बनाएपछि बढी बाउन्ड्री हानेको आधारमा खेल इङल्याण्डले जित्यो र पहिलो पटक विश्वकपको उपाधि पनि जित्यो ।

खेलको प्लेयर अफ द म्याच बनेका स्टोकले अवार्ड लिने क्रममा आफुले न्युजील्याण्डका कप्तान केन विलियम्सनसँग सो चौकाका लागि जीवनभर माफी माग्ने बताएको उल्लेख गरे ।

फाइनल खेलका ५ उत्कृष्ट क्षण :                                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै