• २०८१ बैशाख १७ सोमबार

‘वातावरण र विकासलाई सन्तुलित गरेर विधेयक ल्याइने’

kharibot

फाइल तस्विर । 

काठमाडौं / वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासलाई सन्तुलित गरेर अगाडि लैजानका लागि नयाँ वातावरण संरक्षण विधेयक ल्याउन लागिएको बताएका छन्  ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आज यहाँ आयोजना गरेको ‘वातावरण संरक्षण विधेयक–२०७५ माथि संशोधनकर्ता सदस्यसँग छलफल’ कार्यक्रममा उनले वातावरण र विकास एक अर्कासँग सम्बन्धित भएकाले दुवैलाई सन्तुलित गरेर मुलुकको विकास निर्माणमा सहयोग मिल्ने गरी विधेयक ल्याउन लागिएको जानकारी दिएका हुन् ।

“मुलुक विकासको गतिमा अगाडि बढेको छ । विकासका लागि प्रदुषित वातावरणले समस्या पारेको छ”, मन्त्री बस्नेतले भने , “विकासका लागि वातावरणले समस्या नपारोस् भन्नका लागि नयाँ ऐनमा वातावरण र विकासलाई सन्तुलन गर्न खोजिएको छ ।”

मुलुकको विकास र जीवनको आवश्यकतालाई वातावरणसँग सम्झौता गर्दै अघि बढ्नुपर्ने भएकाले यसमा चुनौती रहेकोसमेत रहेको उल्लेख गर्दै उनले विमानस्थल र सडक बनाउन रुख काट्नुपर्ने बाध्यता रहे पनि वातावरण संरक्षण गर्दै विकास पनि गर्नुपर्ने बाध्यता रहेको बताए ।

मन्त्री बस्नेतले भौतिक पूर्वाधार विकासमा वातावरणका मुद्दा बढी भएकाले विधेयकमा अब त्यस्ता मुद्दा नपरुन भन्नेतर्फ जोड दिइएको बताए । मन्त्रालयका सचिव विश्वनाथ वलीले विकासलाई कसरी एकीकृत गरेर लैजाने भन्नेबारे विधेयकमा समेटिएको बताए।

समिति सदस्य शेरबहादुर तामाङले विधेयक अमूर्त रहेकाले संशोधनका लागि दर्ता गरिएका प्रावधानलाई समेट्निुपर्ने बताए। समिति सदस्य पार्वत गुरुङ, मैना भण्डारी, प्रेम सुवाललगायतले विकास निर्माणसँग वातावरणले प्रत्यक्ष सरोकार राख्ने भएकाले विकासमा बाधा नपुग्ने गरी वातावरण विधेयक ल्याइनुपर्नेमा जोड दिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै