काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल बर्षका कारण रद्ध भएको छ ।
नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको छ । यो घटुवा पछी पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ । अब नेपालले डिभिजन टुको शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनोट हुनेछ । डिभिजन टु को खेल सन् २०१८ को फेब्रुअरिमा नामिबियामा हुनेछ ।
हङकङ क्रिकेट एसोसिएशनले आइतबार आएको समुन्द्री आधीका कारण खेल हुन् नसके पछि आइसीसीले खेल रद्ध गरेपछि दुवै टिमले एक एक अंक बाडेका हुन् । जित्ने पर्ने खेलमा नेपालले खेल हुन् नसकी अंक बाड्नु परेपछि नेपाललाई ठुलो धक्का लगेको छ ।
आइतबार पनि समुन्द्री आधी आएकाले सुरक्षाको कारण देखाउदै खेल आजका लागि स्थगित गरिएको थियो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यस अघि सुक्रबार भएको खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।
नेदरल्याण्ड्स १८ अंक र पपुवा न्यूगिनी १६ अंक ल्याएर विश्वकप क्वालिफायर खेल्न छनौट भैसकेका छन् । अब बाँकी दुई स्थानका लागि स्कटल्याण्ड १५ अंक सहित तेस्रो, हङकङ १४ अंक सहित चौथो, केन्या १२ अंक सहित पाचौ, र नेपाल अंक ९ सहित छैठौ स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका छन् ।