• २०८३ जेठ ८ शुक्रबार

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगित

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगित

धरान । यही असार ७ गते सञ्चालन गर्ने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ र बीएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् ।   

दश जोड दुईको नतिजा नआउँदासम्म प्रवेश परीक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो । 

नेपाली विद्यार्थीको सहभागितालाई ध्यानमा राखेर प्रवेश परीक्षा स्थगित गरिएको उपकुलपति रौनियारले जानकारी दिए । तर स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गते नै  सञ्चालन हुने उनले बताए ।

एमडी-एमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको परीक्षा भने ७ गते शनिबार नियमित हुनेछ  । प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै