• २०८१ बैशाख २६ बुधबार

यशराजको ब्यानरमा रणबीर सिंहको नयाँ फिल्मको घोषणा

kharibot

काठमाडौँ । बलिवुडका अहिलेका सफल अभिनेता रणबीर सिंहले यशराज फिल्म्सको नयाँ फिल्म साइन गरेका छन् ।

हाल क्रिकेटर कपिलदेवको जीवनीमा आधारित फिल्म ८३ मा व्यस्त रणबीरले यसराजको ब्यानरमा बन्ने फिल्म 'जयसभाई जोरदार' मा काम गर्ने भएका हुन् ।

यशराज फिल्म्सले रणबीर फिल्ममा कन्फर्म भएको घोषणा गर्दै फिल्मको निर्देशन दिब्यंग ठक्करले गर्ने जानकारी दिएको छ । लेखक समेत रहेका दिब्यंगको यो डेभ्यु फिल्म निर्देशन हुने छ । फिल्ममा रणबीरको एक गुजरातीको भूमिका हुने बताइएको छ ।

यो फिल्मको आगामी अक्टोबरबाट सुटिंग शुरु हुने बताइएको छ । यस फिल्मका बारेमा आफ्नो प्रतिक्रिया दिदै रणबीरले फिल्मको स्क्रिप्ट उत्कृष्ट रहेको बताएका छन् । फिल्मका अन्य कलाकारको बारेमा अझै खुलाइएको छैन । 

रणबीरले सन् २०१० मा यशराज कै फिल्म ब्याण्ड बाजा बारातबाट बलिवुडमा डेभ्यु गरेका थिए ।

८३ का अलावा रणबीर अहिले करण जोहरको फिल्म तख्तमा व्यस्त रहेका छन् ।

रणबीरका पछिल्लो पटक रिलिज भएका फिल्म सिम्बा र गाली ब्वाय बक्स अफिसमा सुपरहिट भएका थिए ।                                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै