• २०८१ बैशाख १६ आइतबार

सन्तानले निश्चित रकम आफ्ना अभिभावकलाई छुट्याउनुपर्ने : मन्त्री थापा  

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको राज्यले थप सम्मान तथा दायित्व बढाउन गर्न ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ आएको जानकारी दिएकी छन् ।

उनले विधेयकले आफ्ना सन्तानले आफ्ना अभिभावकप्रति थप जिम्मेवारी बढाउन जोड दिएको चर्चा गर्दै निश्चित आम्दानी गर्ने सन्तानले निश्चित रकम आफ्ना अभिभावकलाई छुट्याउनुपर्ने प्रावधान विधेयकमा रहेको बताइन् ।

मन्त्री थापाले स्थानीय सरकारले ज्येष्ठ नागरिकका हितका लागि कार्यक्रम ल्याउन सक्ने प्रावधानसमेत विधेयकमा रहेको जानकारी दिइन् । बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापाले बैठकमा सो विधेयक प्रस्तुत गरेकी थिइन् ।

विधेयकमाथिको सैद्धान्तिक पक्षको छलफलमा उमा रेग्मी, पुष्पा भुसाल, दिव्यमणिराज भण्डारी, घनश्याम खतिवडा, प्रेम सुवाल र मीना पाण्डेले भाग लिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते सोमबार ११ बजे बस्नेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै