• २०८१ बैशाख २१ शुक्रबार

अभिनेता शाहरुख खानलाई प्रहरीको नोटिस  

kharibot

अभिनेता शाहरुख खान अनुष्का शर्माका साथ वनारसमा

बलिवुड अभिनेता शाहरुख खान फेरी एक पटक प्रहरीको झमेलामा परेका छन् ।

शाहरुखलाई वाराणसी प्रहरीले ५ लाख ५९ हजार रकम तिर्न नोटिस दिएको छ । डीएनएका अनुसार अभिनेता शाहरुख खान हालै आफ्नो फिल्म हैरी मिट सेजलको प्रमोशन गर्ने क्रममा वारानसी पुगेका थिए ।

अभिनेत्री अनुष्का शर्मासँग वाराणसी पुगेका शाहरुख खानको सुरक्षामा २२४ प्रहरी खटिएका थिए । प्रहरीको खर्च ६ लाख १० हजार हुन् आउने तर कार्यक्रमका आयोजकले केबल ५१ हजार मात्र दिएकाले प्रहरीले बाँकी रकम शाहरुख खानबाट असुल्न नोटिस पठाएको बताइएको छ ।

कार्यक्रमका आयोजकले एक घण्टाको कार्यक्रमका लागि आफुहरुले ५१ हजार दिएको र बाँकी रकम शाहरुखसँग लिन भनेपछि प्रहरीले उनलाई नोटिस पठाएको बताइएको छ ।

यसअघि आफ्नो फिल्म रइसको प्रमोशनको क्रममा ट्रेनमा यात्रा गरेका शाहरुख प्रहरीको यस्तै झमेलामा परेका थिए । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै