• २०८१ बैशाख २१ शुक्रबार

सामुदायिक विद्यालयमा पढाउनुपर्ने रत्ननगर नगरपालिकाको निर्णय

kharibot

भरतपुर / सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्ँिकदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि यस्तो निर्णय गरिएको रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले जानकारी दिए । “सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै जाँदा विद्यार्थीको सङ्ख्यासमेत कम हुँदै जाने अवस्था छ”, प्रमुख वनले भने , “सरकारी तलब खानेहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने आवाज पहिलेदेखि नै उठ्दै आएको हो ।”

विद्यार्थी सङ्गठन तथा अभिभावक सङ्घ–सङ्गठनले पनि पटक–पटक आवाज उठाउँदै आएको उनले बताए । सरकारी विद्यालय बलियो बनाउन सरकारी तलब खाने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने व्यवस्था राम्रो विकल्प हुने उनको तर्क छ । नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रप्रसाद बरालले गत वर्षदेखि नै नगरपालिकाले यो अभियान सञ्चालन गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै