• २०८१ असार १७ सोमबार

हावाहुरी प्रभावितका लागि काठमाडौँ महानगरको २५ लाख सहयोग 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तराईका बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि रु २५ लाख सहयोग गर्ने भएको छ ।

बिहीबारको ३१ औँ कार्यपालिका बैठकले हावाहुरीबाट प्रभावितलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । कामपाले प्रदान गर्ने उक्त रकम जनप्रतिनिधि र कर्मचारीकोको एक दिनको पारिश्रमिकबाट सङ्कलन हुने रकम हो ।   

बैठकले नगरसभामा चारवटा विधेयक प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । प्रस्तुत हुने विधेयकमा सार्वजनिक निजी साझेदारी, सवारी तथा यातायात व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र शहरी योजना आयोग सम्बन्धी रहेका छन् । 

बैठकमा विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले विधेयकका दफावार व्यवस्था पेश गर्नुभएको थियो । प्रस्तुत विधेयकमा कार्यपालिका सदस्यले सुझाव दिनुभएको थियो । यही चैत २४ गते महानगरको नगरसभा हुनेछ ।

शहरी व्यवस्थापनलाई जन अपेक्षा बमोजिम बनाउन आवश्यकपर्ने कानून तर्जुमा गर्ने क्रममा उल्लेखित विधेयकलाई कार्यपालिकाको गत फागुन १७ गते बसेको ३०औँ बैठकले अवधारणागत सहमति दिएको थियो । त्यही बैठकले नगरसभाको मिति समेत तय गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै