• २०८१ असार १० सोमबार

जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि काठमाडौँ महानगरको नगरसभा स्थगित

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ ।

आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो । 

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाह (बालेन्द्र)ले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केहि जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित भएपनि मेयर शाहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ जना नेताले गर्दा , १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको समेत उल्लेख गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै